वर्तमान समयको सर्वाधिक लोकप्रिय भिडियो शेयरिङ एप टिकटकका प्रयोगकर्ताको संख्या २ अर्ब नाघेको छ । चिनियाँ कम्पनी बाइट डान्स मातहतको यो लोकप्रिय एप गुगलको प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट गरी २ अर्ब पटक डाउनलोड भएको मोबाइल प्रविधि तथा एप्लिकेसन सम्बन्धी अनुसन्धान गर्ने कम्पनी Sensor Tower ले जनाएको छ । स्मरणहोस्: पाँच महिनाअघि मात्र टिकटकका प्रयोगकर्ता डेढ अर्ब पुगेका थिए । पछिल्लो पाँच महिनामै टिकटकले ५० करोड नयाँ प्रयोगकर्ता थप्न सफल भएको हो । सन् २०२० को पहिलो त्रैमासिकमा टिकटकले एप डाउनलोडको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ । जनवरीदेखि मार्च सम्मको अवधिमा एप स्टोर र गुगल प्लेमा
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्रलाभ भएको छ । जोनसनको श्रीमती क्यारी साइमण्डस्ले बुधबार छोरा जन्माएकी हुन । बुधबार बिहान लन्डन अस्पतालमा प्रधानमन्त्रीलाई पुत्रलाभ भएको कुराको जानकारी प्रधानमन्त्री जोनसनका प्रवक्ताले जानकारी दिएका थिए । साथै उनले आमा र शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको पनि बताए । प्रधानमन्त्री जोनसन र उनकी श्रीमतीले लन्डनको नेसनल हेल्थ सर्भिस् अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन समेत गरेका थिए । प्रधानमन्त्री जोनसन कोरोना भाइरस संक्रमित भएर अस्पतालमा उपचार गराएर फर्किएका थिए । गत सोमबारबाट मात्र उनि काममा फर्किएका थिए ।