स्थानीय

    Showing 2,411-2,420 of 5,049 items.
  • झापाबाट ११ करोडको चिया भारत निर्यात

    झापा/ नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । ‘गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं’, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भने ।इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किमाथाङ्का भन्सार कार्यालय कर्मचारी विहीन

    किमाथाङ्का/ सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी नै छैनन् । नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन् । भन्सार कार्यालयमा कर्मचारीविहीन हुँदा भोट खोलावासीले सास्ती पाएका छन् । किमाथाङ्का भन्सार कार्यालय गत कात्तिक ७ गतेदेखि एक जना कार्यालय सहयोगीको भरमा छाडिएको छ । भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालय सरुवा भएपछि कार्यालय सहयोगीको भरमा छ । उत्तरी क्षेत्र किमाथाङ्कामा विसं २०३५ मा भन्सार कार्यालय स्थापना भएको थियो । द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा रहेक

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 391 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा प्रहरीलाई नयाँ भवन

    सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिकाका–१ स्थितमा रहेको प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवनको समुद्घाटन भएको छ । मंसिर ५ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यता तथा बराहक्षेत्र नगरपालिकाका उप–प्रमुख नन्द कुमारी सुनुवारको अध्यक्षतामा नव निर्मित प्रहरी चौकीको शिलालेख अनावरण गरी भवनको बिधिवत रुपमा समुद्घाटन गरेका हुन् । नव निर्मित भवनको समुद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले धरतीको पहिलो तिर्थ स्थल बराहक्षेत्रमा प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवन निर्माण सम्पन्न भ

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 354 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनमोहनमा नयाँ पाठक्रयमा कानुनको पढाई

    विराटनगर/ ईन्जिनियरिङग , अस्पताल व्यवस्थापान र फार्मेसी तर्फ दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्न उच्च शिक्षा सञ्चालन गर्दै आएको मनमोहन प्राविधिक विश्विद्यालयले अब देशमै पहिलो पटक नयाँ पाठयक्रममा आधारित विबिए एलएलएम र क्रिमिनल कानुनमा स्नातोकोत्तर कक्षा संचालन गर्दैछ । कोशी प्रदेश सरकारले २०७६ असोजमा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले यही पुसदेखी पढाई सुरु हुनेगरि ४५ जनाको कोटामा विविए एलएलवी र माघदेखी अपराध कानुननममा स्नातोकोत्तर (एलएलएम) को पढाई संञ्ञचालन गर्न लागेको हो । मनमोहनले एप्लाईड साईन्स टेक्नोलोजि एण्ड ल स्कुल अन्तर्गत ‘मनमोहन ईन्स्टिच्युट अफ ल&

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 400 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका उद्योगी व्यवसायीलाई टचर

    धरान/ धरानमा १३ औं राष्ट्रिय कर दिवसको सप्ताहको आयोजना गरिएको छ । आन्तरिक राजस्व कार्यालय धरानको आयोजनामा ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ मंसिर १ गतदेखि ७ गतेसम्म राष्ट्रिय कर सप्ताहको आयोजना गरिएको छ । सो अवसरमा उद्योगी तथा व्यवसायीहरुले कर प्रशासनले उद्योगी व्यवसायीहरुलाई अनावश्यक ‘टचर’ दिने र राज्यको ८० प्रतिशत भन्दा बढी कर बुझाउदा समेत सधै उपेक्षित हुनुपर्ने अवस्था रहेको गुनासो पोखेका थिए । कर सप्तामा बोल्दै सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले राजस्व संकलनमा उद्योग व्यवसायीको ठूलो हात रहेको बताए उनले उद्योगी व्यगसायीले तिरेको

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 626 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी सहित हल्का बर्षा र हिमपातको सम्भावना

    काठमाडौं/ देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज (बिहीबार) दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक&ndash

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 562 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अख्तियारमा जान पकली माविका अध्यक्ष झाले दिए चुनौती(विज्ञप्ती सहित)

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको पकली माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद झाले आफु विरुद्ध षड्यन्त्र गरेर बदनाम गराएको जनाउँदै आफु विरुद्ध अख्तियार जान चुनौती दिएका छन् । झाले एक प्रेस विज्ञप्ती प्रकाशित गरी भ्रम सृजनागर्न शिक्षक सरुवाका नाममा २ लाख रुपियाँ माग गरेको भन्ने अडियोको सत्यतालाई तोडमोड गरि बदनाम गराई चरित्र हत्या गर्ने मनसायले केही संचारमाध्यमहरुमा अडियो सहित भन्दै भ्रम फैलाउने कार्यप्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएका छन् । मंगलबार झाले प्रकाशन गरेको विज्ञप्तीमा भनिएको छ—‘शिक्षक सरुवामा एक रुपैया सम्मको कुनै चलखेल, लेनदेन भएको

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • 515 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विस्तृत शान्ति सम्झौताको १८ बर्ष

    काठमाडौं/ आज मंसिर ५, अर्थात दस वर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता दिन । जतिबेला मुलुक २०६३ साल मंसिर ५ गतेको त्यो दिन सम्झेर शान्तिको उत्सव मनाउँछ, त्यतिबेला द्वन्द्वको घाउले पीडितको मन अशान्तिले बिथोलिन्छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष माओवादी ले अपहरण गरी कुटपीट गर्दा बाँके राप्ती सोनारीका–४ रामरतन चौधरीका दुवै खुटुटा बाँचिए । उनी उक्त विसं २०५७ फागुन ३ गतेको घटना सम्झँदै विद्रोही पक्षले कुटपिट गरी बुवाको हत्या गरेको सम्झिन्छन् । यति मात्रै होइन, घरको धन लुटिएको र घर जग्गा कब्जा गरिँदाको पीडा अझै पनि छ । ‘त्यो घटना सम्झाँदा मन भतभति पोल्छ, वर्

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • 385 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकाे श्रमसंस्कृति पार्क पर्यटक लोभ्याउदै

    धरान/ पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३ स्थित श्रम संस्कृति पार्क पुगे । पार्क निकै कलात्मक र आकर्षक लागेको उनले बताए । पार्कले धरानको आकर्षण थपिएको उनको भनाइ छ । “केही वर्ष अगाडि यहाँ चारैतिर जङ्गल, झाडी अनि खोला थियो । श्रमदान गर्दै गरेको देख्दा यो ठाउँ यस्तो राम्रो बन्न सक्छ जस्तो चाहीँ लागेको थिएन”, उनले भने, “अहिले यस्तो राम्रो बनिसकेछ, चारैतिर फूलले ढाकेको देख्दा मनै रोमाञ्चित भयो ।” उदयपुर गाईघाटका हरी राई पनि श्रम सँस्कृति पार्कमा भेटिए । उनले भने, “सामाजिक सञ्जालमा मात्र देखेको यस ठाउँमा आइपुग्दा धरानमा आकर्षक गन्त

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 969 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढीपहिरोको बिमा दाबी:११ अर्ब ८२ करोड बराबरको

    काठमाडौं/ गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ। नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी भएको छ। बिमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन्। प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ सो कम्पनीमा पाँच सय एक दाबीका आवेदन परेका छन्। दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक सय ७६, सगरमाथा लुम्बिनीमा तीन सय ७७, हिमालयन एभरेष्ट दुई सय ४३, नेकोमा दुई सय १९

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 339 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved