स्थानीय

    Showing 2,411-2,420 of 3,404 items.
  • आर्थिक अभावले उपचारमा कठिनाई

    धरान /  तेह्रथुम स्थायी घर भई हाल धरान ४ खैरेनी टारमा बस्दै आएकी ४९ बर्षीय विष्णुमाया लिम्बुको खर्च अभावका कारण उपचारमा कठिनाई भएको छ । निर्माण मजदुर गर्दै घर वहालमा बस्दै्र आएकी लिम्बुलाई उनका पति टंकबहादुर लिम्बूले सहयोग निर्माणको काम गरेर खर्च जुटाउने प्रयास गरे पनि विहान बेलुका छाक टार्न नै धौ धौ भएपछि उनको उपचारमा समस्या भएको हो । लिम्बुलाई पक्षघात भएको छ । अहिले यनी हिडडुल सम्म गर्न सक्ने अवस्था नभएको उनका पति टंकबहादुले बताए ।तीन बर्ष अगाडिदेखि पक्षघात भएकी लिम्बुको अहिले पति र छोरीले स्याहार सुसार गर्दे आएका छन् । पक्षघातसँगै उनको आँखामा समेत समस्या देखिएको छ । आँखामा जलविख

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 632 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय सरकार लक्षित वर्गको सेवामा समर्पित दलित समुदायलाई निःशुल्क विमा

    धनकुटा /  स्थानीय सरकारले पछिल्लो समय सर्वसाधारणको लागि सरकारको प्रत्याभूति दिन थालेका छन् । स्थानीय स्तरमै आफ्ना नागरिकको सुविधाका लागि विभिन्न प्याकेजहरु ल्याउन थालेका छन् । पछिल्लो समय धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्ना पालिकामा रहेका दलितहरुका लागि निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । गाउँपालिकाले दलित लक्षित कार्यक्रम अन्तर्गत यो कार्यक्रम ल्याएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । उनले भने–‘हामीले हाम्रो पालिकामा रहेका दलित समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य विमा गरिदिएका छौँ, यसले उनीहरुलाई थोरै भएपनि राहत मिल्ने कुरा

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 552 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तत्काल कर्मचारी व्यवस्थापन गर

    पूर्वमा कफी तथा चिया विस्तार गर्ने उद्देश्यले २०४१ सालमा धनकुटामा स्थापित चिया तथा कफी विकास बोर्ड कार्यालयले अपेक्षित रूपमा काम गर्न नसकेको समाचार प्रकाशमा आएको छ । कर्मचारी अभावकै कारण यो कार्यालयले उद्देश्यअनुसार काम गर्न नसकेको समाचारमा उल्लेख छ । ६ जना कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा अहिले लेखा प्रमुखबाहेक कुनै कर्मचारी छैनन् । लामो समययता प्रमुखविहीन बनेको कार्यालयले उद्देश्यअनुरूप काम गर्न नसक्नु अस्वाभाविक पनि होइन । नेतृत्वविहीन कार्यालयमा न कुनै योजना हुन्छ, न त कामको कसैले जिम्मेवारी नै लिन्छ । त्यसैले सेवा प्रवाह गर्नुपर्ने यो कार्यालय प्रायःजसो बन्द नै रहने गरेको छ । चिया

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 428 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • धरान एक्स्पोमा रोटेपिङ सञ्चालनमा

    धरान /  धरान उपमहानगरपालिकाले अनुमति दिएसँगै धरान एक्स्पोमा सोमबारबाट रोटेपिङ सञ्चालनमा आएको छ । अनुमति नलिई सञ्चालनमा ल्याउन लागिएको भन्दै एक्स्पोको पहिलो दिनबाट नै पालिकाले रोटेपिङमा रोक लगाएको थियो । रोटेपिङ सञ्चालनको विषयमा जानकारी दिँदै एक्स्पोका संयोजक गोपाल श्रेष्ठले सबै प्रक्रिया पूरा भएकाले सोमबार रोटेपिङ सञ्चालनमा आएको जानकारी दिए । ‘आवश्यक प्रक्रिया पूरा गरे पनि पालिकासँग समन्वय हुन बाँकी रहेको थियो त्यसलाई हामीले पूर्णता दिएका छौँ’ एक्स्पो संयोजक श्रेष्ठले भने, ‘पालिकाबाट अनुमति प्राप्त भएसँगै सोमबारबाट एक्स्पोमा रोटेपिङ सञ्चालनमा ल्याएका छौँ ।’

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 719 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नर्सिङ पेसाप्रति गम्भीर बन

    कुनै पनि स्वास्थ्य संस्थामा नर्सिङ पेसालाई महत्वपूर्ण मानिन्छ । बिरामीको उपचार प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नर्सहरूको अभावमा स्वास्थ्य संस्थाले प्रभावकारी रूपमा सेवा प्रदाान गर्न सक्दैन । यति महत्वपूर्ण र अपरिहार्य भईकन पनि नर्सिङ पेसालाई उचित सम्मान प्रदान गर्न नसक्दा नर्सिङ पेसाप्रति नै विकर्षण सिर्जना भइरहेको छ । नर्सिङ पेसालाई गरिने भेदभाव र उपेक्षाका कारण यस पेसाप्रति आकर्षण घटेको हो । स्वदेशमै बसेर काम गर्न चाहनेहरू पनि निराश हुन थालेका छन् भने विदेशतिर आकर्षित हुनेको सङ्ख्या बढिरहेको छ । १०–१५ लाख रुपैयाँ खर्च गरेर अध्ययन गरे तापनि नर्सहरूले मासिक सातआठ हजार रुपैया

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 382 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • सगरमाथाको २६ औँ विद्यार्थी तथा अभिभावक दिवस सम्पन्न

    मोरङ /  समगरमाथा स्कुलको २६ औं विद्यार्थी तथा अभिभावक दिवस सम्पन्न भएको छ । विराटनगर–११ मा रहेको स्कुलले आज एककार्यक्रमको आयोजना गरेर अभिभावक तथा विशिष्ट व्याक्तिहरु माझ विद्यार्थी तथा अभिभावक दिवस मनाएको हो ।कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । कक्षा नर्सरी देखि १० कक्षासम्म स्कुलले लिएको आन्तरिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो । प्रथम हुने विद्यार्थीहरुलाइ सय प्रतिशत, द्वितीय हुने विद्यार्थीहरुलाई ५० प्रतिशत र तृतीय हुने विद्यार्थीहरुलाई २५ प्रतिशत छात्रावृति सहित प्रमाण पत्र र उपहार प्रदान गरि सम्मान गरेको

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 517 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहर बजारमा कौसी खेती प्रभावकारी बन्दै स्थानीय सरकारले बजेट छुट्याएर तालिम

    धरान / बढ्दो सहरीकरणसँगै दुषित वातावरण, फोहोरमैलाको व्यवस्थापन लगायतका समस्या बढ्दै गएपछि ठूला सहरहरुमा कौसी खेती लगाउने प्रचलन बढ्दै गएको छ ।कौसी खेती लगाउँदा घरबाट निस्किने फोहोर व्यवस्थापनमात्र हैन अर्गानिक तरकारी, फलफूल उत्पादन गरेर स्वस्थ जीवनयापन गर्न सहज हुने भएकोले कौशी खेतिलाई प्रवद्र्धन गर्न स्थानीय सरकारले बजेट छुट्याएर आफ्ना वडामा रहेका महिलाहरुलाइृ तालिम दिन थालिएको छ । आफ्नो घरको कौसीमा, बरण्डा, छत आदि स्थलमा आफूलाई दैनिक आवश्यक पर्ने वा दैनिक उपभोग गर्नुपर्ने बालीहरू जस्तै तरकारी, फलफूल, मसलाबाली, आदिको खेती गर्ने प्रविधिको विषषयमा धरान उपमहानगरपालिका वडा नं. १९ ले बजेट नै

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 399 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान रनमा दिपक र राजपुरा विजयी

    धरान /  धरान १० के रन ११ औं नेवा च्यारिटी दौड प्रतियोगिता २०७९ मा पुरुष तर्फ दिपक सुहाङ र महिला तर्फ राजपुरा प्रछाइ विजयी भएका छन् । शनिबार सम्पन्न प्रतियोगितामा १० किमी दौड दिपक सुहाङले ३२.०५ मिनेटमा पुरा गरे भने राजपुरा प्रछाइले ३७.३६ मिनेटमा दुरी पार गरिन् । त्यस्तै खुल्ला पुरुष तर्फ गजेन्द्र राईले ३२.२४ मिनेटमा दुरी पार गर्दै दोस्रो भए भने सिमियोन किप्लागतले ३३.१३ मिनेटमा दुरी पार गर्दै तेस्रो भए । महिला तर्फ पुर्णलक्ष्मी न्यौपानेले ४०.२८ मिनेटमा र आशा राउतले ४२.२७ मिनेटमा दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए । खुल्ला तर्फका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ६० हजार

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 549 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औँ बुढासुब्बा गोल्डकप आयोजक पहिलो चरणबाटै बाहिरियो

    विजयपुर / धरानमा शनिबारबाट सुरु भएको २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा प्रतियोगितामा आयोजक धरान फुटबल क्लब पहिलो चरणबाटै बाहिरिएको छ । उद्घाटन खेलमा पाहुना टोली भारतको युनाइटेट खार्साङ फुटबल क्लब (युकेएफसी) ले विजयी सुरुवात गरेको छ । धरान १६ रङ्गशालाभएको प्रतियोगितामा भारतको युकेएफसीले आयोजक धरान फुटबल क्लबलाई ट्राइबेकरमा ५–३ गोल अन्तरले जित हात पारेको हो ।अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकी बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा गएको थियो । युकेएफसीका तर्फबाट आकाश प्रधान, राज रौत, सिदान्त क्षेत्री, साहिल राई र सुब्रतो सोरोयनले गोल गरेका थिए भने

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 492 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का मुख्यमन्त्रीद्वारा धरान एक्स्पोको उद्घाटन

    विजयपुर /  प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्कीले उद्योगी व्यवसायीहरुसँग राष्ट्र बैंकले लिएको चर्को ब्याज घटाउनुपर्ने बताएका छन् । मुख्य मन्त्री कार्कीले बिहीबार धरानको रंगशालामा आयोजना भएको धरान एक्स्पो २०७० को उद्घाटनका अवसरमा सरकारले नीजि क्षेत्रलाई प्रवर्धन गर्ने खालका योजनाहरु अगाडि ल्याउँदै बैंकले लिने गरेको चर्को ब्याज घटाउन केन्द्र सरकार र राष्ट्रबैंक समक्ष आग्रह गरेका हुन् ।उनले देशको आर्थिक संकटका कारण उद्योग वाणिज्य क्षेत्र धरासायी बन्दै गएको बताउँदै उद्योगी व्यवसायीहरुले लिएको चर्को ब्याजदरका विषयमा चिन्ता व्यक्त गरेका छन् । उनले नेपाल सरकारले यस विषयमा स्पष्ट धारणा

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 563 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved