धरान । पूर्ब राजपरिषद सदस्य चक्र बहादुर शंकरको आइतबार राती निधन भएको छ । पूर्ब राजा बीरन्द्र शाहको अस्थायी राजपरिषद सदस्य र ज्ञानेन्द्र शाहको कार्यकालमा स्थायी सदस्य समेत रहेका शंकरको राती १ बजे निधन भएको धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिनेश गजमेरले बताए ।उनका अनुशार शंकर इलाम चिया बगानको पूर्ब मेनेजर र नेपाल सरकारको पूर्वशाखा अधिकृत(द्धितीय श्रेणी) समेत हुन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई शंकरको मृत शरीर दान गरिएको छ । उनको मृत्यअघिको इच्छा मुताविक प्रतिष्ठानलाई शरीर दान गरिएको भतिज गोपाल शंकरले बताएका छन् । धरान –८ निवासी शंकर दीर्घरोगबाट
धरान । बाल्यकालमा मनोरञ्जनको रुपमा खेलिदै आएको स्टोन स्किपिङ (पानी शुल्के) खेल नेपालीहरुको मौलिक खेल भएकोले यो खेलको प्रवद्र्धनका लागि यस बर्ष पनि धरान हाइकिङ समूहले निरन्तता दिने भएको छ ।आयोजक चतरा हाइकिङ समूहले सोमबार धरानमा पत्रकार सम्मेलनको अयोजना गरी सो प्रतियोगिताको बारेमा जानकारी गराएको छ । प्रतियोगिता यही कार्तिक १६ गते शुक्रबार हुने भएको हो ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमश २५, १५ र १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका सयोजक नवराज विष्टले जानकारी दिए । गत बर्ष प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ५, ३ र २ हजार प्रदान गरिएकोमा यो बर्
प्रेम बास्तोलाइटहरीः संविधानमै समुदायको अधिकार र कर्तत्व्यको ग्यारेन्टी गरी उद्यमशिलतामा नगए सामुदायिक वनको अस्तित्व नै सकिनेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेशले शनिवार इटहरीमा आयोजना गरेको ‘‘बदलिदो परिस्थितीमा अबको सामुदायिक वनको भूमिका’’ बिषयक प्रदेश स्तरीय छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । छलफल कार्यक्रममा कोशी प्रदेशका १४ जिल्लाका सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यससमितिका पदाधिकारीहरु, कोशी प्रदेशका पदाधिकारीहरु, केन्द्रिय समितिका पदाधिकारीहरु, सामुदायिक वनका विज्ञहरु स
भोजपुर/ स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ । हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले ३० लाख बजेट विनियोजन गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । महोत्सवका क्रममा एक सय ५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचोस्थल माइबेँनीबाट एक हजार आठ सय ६५ मिटर उचाइ रहेको सङखाम जोरआहाल हुँदै घोडेटार बजारसम्म २६ किलोमिटर दौड प्रतियोगिता हुनेछ । कृषिका साथै मारुनी, स्यामुना सिली, लाखे, हुर्रा, ड
काठमाडौं ।अविल बर्षासँगै बाढी र पहिरोले रोकिएको यातायाता आवागन बीपी राजमार्गमा भोलि मंगलबारदेखि रुटका गाडी चलाउने पाइने भएको छ । सो रुटको अनुमति लिएका गाडीहरू भोलिबाट सो सडकमा सञ्चालन हुन लागेका हुन् । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्रयाक खोलेर साना गाडीहरू चल्न दिइएको छ ।दशैँका लागि घर गएका सर्वसाधारण सोमबाट काठमाडौं फर्कन सुरु गरेका छन् । चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा केही समस्या भएकाले आज ती ठाउँमा सडक मर्मत गरी भोलिबाट क्युका ठुला बस समेत सञ्चालन गर्न दिने कार्यालयले जनाएको छ । आज साँझसम्म सडक सुधार गरी अनुमति प्राप्त सवारी स
खोटाङ । बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिकस्थलमा बसेर दसैं मनाइरहेका छन् । यही असोज ११ रु १२ गते आएको बाढी तथा पहिरोबाट सबैभन्दा बढी बाराहापोखरी गाउँपालिका–५ पौवासेरास्थित बङ्सिलाघाटमा १४ परिवार विस्थापित भएका छन् । सुनकोशी किनारमा पर्ने बङ्सिलाघाटमा पानी बहाव घट्दै गएपछि केही परिवार बाढीले क्षतिग्रस्त घर मर्मत गर्दै सर्न थालेको स्थानीयवासी एवं नेपाली कांग्रेस बराहपोखरी गाउँपालिका कार्यसमिति सभापति खिलाराज राईले जानकारी दिए । उनले भने, ‘सुनकोशीमा आएको बाढीले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका उनीहरुका लागि अहिले द
काठमाडौँ । २०८१ को विजयदशीमी, टिकाको आज दोश्रो दिन अर्थात आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीकोे दिन हो । आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ ।मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् । आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।‘पापाङ्कुशेति विख्याता सर्वपापहरा परा’ यस एकादशीमा मानिसले ‘
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । वीरेन्द्र युवा क्लबका सदस्यले दसैँका अवसरमा समुदायका लागि यो विशेष पिङ निर्माण गरेका हुन् । दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो । क्लबका अध्यक्ष लक्ष्मी काफ्ले बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्मलाई सामूहिक रूपमा मनोरञ्जन दिने मात्रै नभइ संस्कृतिसँगको सामिप्यता र हाम्रो परम्परागत धरोहरप्रति गर्व गर्न प्रेरित गर्ने उद्देश्यले क्लबले पिङ हालेको बताउँछन् । ‘लिङ्गेपिङ नेपाली पर्व संस्कृति र समाजको अभिन्न अङ्ग
गगनमान श्रेष्ठ (१०० बेस्ट चिफ इन द वल्र्ड,२०२३)(युएन कलेज धरान,एचएम चिफ_दशै , तिहार , नेपाल सम्बत ११४५ र छ्ठ पुजा २०८१ को सुखद उपलक्ष्यमा देश बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाइ , दिदी बहिनी हरु लाइ सुख, समृध्दि , दिर्घायु र उत्तरोत्तर प्रगति को शुभकामना ब्यक्त गर्दछु। दशै भन्ने बित्तिकै पारिवरिक भेट्घाट, खान,पान र रमाइलो भन्ने हामी सबैको मनमा आउँछ्। पहिले पहिले टाढा टाढाबाट परिवारका सदस्य र आफन्त मुल घर मा जम्मा हुने हुँदा घरमा खशि बोका , राँगा काट्ने र मिलेर खाने चलन थियो , यो चलन यद्यपी छदैछ । तर परिवार आफन्त पहिले जस्तो भेला हुदैन र मासु लामो समय सम्म स्टोर गरेर राख्नु पर्ने हुन्छ
काठमाडौं । अविरल बषौसँगै आएको बाढी र पहिरोले अवरुद्ध बनेको राजमार्गहरु पाँच वटा अझै पनि यातायात सुचारु हुन सकेको छैन । विहीबार नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयल पत्रकार सम्मेलन गर्दै मुख्य पाँच वटा राजमार्गमा अझै पनि यातायात सुचारु हुन नसकेको जनाएको छ । मन्त्रालयका अनुसार अरनिको राजमार्ग, बिपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्गमा अझै पनि यातायात सञ्चालनमा आउन नसकेको हो ।जसमा अरनिको राजमार्ग अन्तरगत जार्चा कोदारी खण्डमा ५ किलोमिटरमा लिपिङ पुल र लार्चाको बेलिब्रीज बगाएका कारण यातायात अवरुद्ध भएको छ । लार्चामा ह्युमन पाईप, पेनस्टक पाइप र लिपिङ