स्वास्थ्य

    Showing ५४१-५५० of २,६११ items.
  • दिवङ्गत चालककी छोरीलाई शैक्षिक सहयोग

    धरान/ हृदयघातका कारण ज्यान गुमाएका यातायात मजदुर मुक्ति भुजेलकी छोरी आर्या भुजेलको शिक्षाका लागि हङकङमा रहनुभएकी रजीता राईले ११ हजार सहयोग गर्नु भएको छ । धरान धनकुटा रुटको यात्रुबाहक बसका चालक रहेका मुक्ति भुजेल गाडी लिएर मारेकटहरे गएका समय २०७८ मंसिर ६ गते राती सुतिरहेकैबेला हृदयघात भएको थियो । स्वर्गीय भुजेलका श्रीमति मिना भुजेल र छोरी आर्या भुजेल धरान ८ स्थित अरुणटोल सुकुम्बासी बस्तीमा बस्दै आउनुभएको छ । ७ वर्षिय आर्या धरान ८ दुर्गापथ स्थित जुनियरपायनिएर स्कुलमा कक्षा २ मा अध्ययनरतछिन् । बुवा गुमाएकी आर्याको शिक्षामा सहयोग गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भ

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ७६१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागू औषधसहित युवक पक्राउ

    धरान/सुनसरीको धरान उपमहानगरपालिका–१६, समिति मार्गस्थित एक कोठामा लागू औषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको छ। मिति २०८२ साउन २९ गते साँझ ६ः१० बजे अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको टोलीले २२ वर्षीय रकिल राईको कोठामा खानतलासी गर्दा ट्रामाडोल ५५० क्याप्सुल र डिकोलिक ५०० ट्याब्लेट फेला पारेको हो। लागू औषधसहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • १,०२२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने, १ सय खेलाडीले प्रतिस्पर्धा गर्ने

    काठमाडौं/  अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि आठ प्रतियोगिता हुँदैछ, जसअन्तर्गत् एसियाको एक्लो प्रतियोगिताको रुपमा ‘हिमालयन क्वीन्स ग्याम्बिट’ आइतबार काठमाडौंमा आयोजना गरिँदैछ । हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हिमालयन क्वीन्स ग्याम्बिटमा १ सय महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘फिडेले सोसल इयरको अवसरमा यो वर्ष चेसमा महिलाको सहभागितालाई प्रोत्साहन गरेको छ । बौद्धिक

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ६०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा ठूलो मात्रामा लागू औषधसहित चार पक्राउ, घरधनी फरार

    सुनसरी/ विशेष सूचनाको आधारमा खनार प्रहरी चौकी र CRV खनारको संयुक्त टोलीले इटहरी–११ बस्ने ३० वर्षीय मो.अवजल मियाको घरमा छापा मार्दा ठूलो मात्रामा लागू औषध बरामद गरेको छ। बुधवार दिउँसो २ बजे गरिएको खानतलासीमा ट्रामाडोल १,२६० क्याप्सुल र डिकोलिक ५१० क्याप्सुल लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको हो। घटनास्थलबाट चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा बुझाइएको छ। पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा–७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी–११ का १८ वर्षीय करण राई, इटहरी–१४ का २२ वर्षीय रुजित सरदार र सिरहा नगरपालिका–१० का २४ वर्षीय होम मुखिया रहेका छन्। प्रह

    • प्रकाशित मितिः साउन २९, २०८२
    • १,२०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अत्यधिक बिषादीयुक्त रायो धरानमा नष्ट

    धरान/बिषादी परीक्षणमा खान अयोग्य ठहर भएपछि धरानस्थित कृषि उपज बजारमा १९ किलो रायोको साग गाडेर नष्ट गरिएको छ। कृषि उपज बजारस्थित बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले विभिन्न १० प्रकारका तरकारी परीक्षण गर्दा डाँडाबजारबाट आएको रायोको सागमा अर्गानोफस्फेट समूहको बिषादी अत्यधिक मात्रा पाइएको हो। एकाइका प्रमुख रुपेश रिजालका अनुसार उक्त सागमा ६१.९१४१ प्रतिशत अर्गानोफस्फेट भेटिएको छ, जुन सुरक्षित सीमा (३५% भन्दा कम) भन्दा धेरै हो। उनले ३५–४५ प्रतिशतको बीचमा देखिए ‘क्वारेन्टाइन’ राखी केही दिनपछि मात्र उपभोग गर्न मिल्ने जानकारी दिए। परीक्षण कृषि बजारमा मात्र केन्द्रीत भएको भन्दै

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ४६४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झुम्का कारागारबाट फरार भए जबरजस्ती करणी मुद्दाका कैदी

    इटहरी/सुनसरीको झुम्का कारागारबाट एक कैदी बन्दी फरार भएका छन्। जबरजस्ती करणी मुद्दामा जीवन बिताइरहेका खोटाङ जिल्लाको दिप्रुङ चुईचुम्पा गाउँपालिका–२ बस्ने २८ वर्षीय रूपक पौडेल खत्री कारागारको बि ब्लकमा रहेको आफ्नै बासको सहारामा बाल चढेर करिब १६ फिट अग्लो वाल नाघेर फरार भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्कीले पुष्टि गरे कि, बुधबार बिहान नै अनुसन्धानको क्रममा खत्री फरार भएको देखिएको हो। उनी फरार भएपछि बिहानैदेखि व्यापक प्रहरी परिचालन गरी उनको खोजतलास जारी छ। डिआइजी कार्कीले भने, “फरार कैदीलाई चाँडै पक्राउ पर्ने विश्वास छ।” फरार घटनाको सम्बन्धमा

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ९८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकमा खोलामा बगेर ११ वर्षीय बालकको मृत्यु

    झापा/ दमक–१० जहदका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाईँ खोलामा बगेर आज बिहान मृत्यु भएका छन्। स्थानीय भालुखोला तर्ने क्रममा उनी खोलामा बेपत्ता भएका थिए। प्रहरी निरीक्षक नवीन राईका अनुसार, खोलामा बगेपछि करिब आधा घण्टा लगाएर उद्धार गरी धर्मेन्द्रलाई दमकस्थित निम्स अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ५५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्दु खोलामा सतर्कता तह नाघ्यो, डुबानको उच्च जोखिम

    धरान/मंगलबार साँझदेखि लगातार परेको वर्षापछि धरानको पश्चिमी क्षेत्रमा पर्ने सर्दु खोलाको जलसतह सतर्कता सीमाभन्दा माथि पुगेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मदन–भण्डारी राजमार्गस्थित जलमापन केन्द्रमा पानीको सतह बुधबार बिहान सतर्कता तह नाघी हाल पनि निरन्तर बढ्दो क्रममा छ। जलसतह बढेसँगै आसपासका नदी तटीय बस्ती र होचा भू–भागमा डुबानको उच्च जोखिम बढेको विभागले जनाएको छ। खोला किनार र जोखिम क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन र सम्भावित डुबान क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। विभागले अझै केही समय पानीको सतह बढ्ने सम्भावना रहेको चेतावनी दिँदै सरकारी

    • प्रकाशित मितिः साउन २८, २०८२
    • १,०२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ब्रउन सुगर सहित दुई युवा पक्राउ

    सुनसरी/ विशेष सूचनाका आधारमा सुनसरीको ईनरुवा नगरपालिका–४ बसपार्क क्षेत्रमा खटिएको संयुक्त प्रहरी टोलीले दुई किशोरलाई लागूऔषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, जिल्ला सुनसरी ईटहरी उप–महानगरपालिका–१६ निवासी १६ वर्षीय दिपेन्द्र चौधरी र सोही नगरपालिका–७ निवासी १८ वर्षीय निरज चौधरीलाई मिति २०८२ साउन २७ गते साँझ ४:४५ बजे नियन्त्रणमा लिइएको हो। प्रहरीले कानुन बमोजिम चेकजाँच तथा खानतलासी गर्दा दिपेन्द्र चौधरीको साथबाट ब्राउन सुगर २.५० ग्राम (२ ग्राम ५० मिलिग्राम) पदार्थ फेला परेको जनाएको छ। दुवैजनालाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय सु

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ५३२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपी प्रतिष्ठानको उपकुलपति अब धरानका विक्रम श्रेष्ठ

    धरान/विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ उपकुलपतिमा धरानका हाडजोर्नी विशेषज्ञ प्रा.डा. विक्रम श्रेष्ठ नियुक्त भएका छन्। प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले मंगलबार उनलाई नियुक्त गरेका हुन्। श्रेष्ठले नियुक्तिपत्र भने बुधबार बुझ्ने भएका छन्। सर्च कमिटीले यसपटक परम्परागत तीनको सट्टा चार जनाको नाम सिफारिश गरेको थियो। अन्तर्वार्ता र प्रस्तुतीकरणपछि प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा. रोहित यादवको नाम तय भए पनि, चर्को दबाब र लविङका कारण प्रा.डा. श्रेष्ठको नाम पनि अन्तिम सूचीमा समावेश भएको हो। धरानमा लामो समयदेखि स्थानीय व्यक्तिलाई उपकुलपतिम

    • प्रकाशित मितिः साउन २८, २०८२
    • १,०८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved