धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाभन्दा बढी समयदेखि उपकुलपति नियुक्त नहुँदा संस्थाको सञ्चालन अस्थायीत्वको अवस्थामा पुगेको छ। राजनीतिक भागबन्डा मिलाउन नसक्दा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्न नसकेको हो। गत चैत २७ गतेदेखि उपकुलपति पद रिक्त भएपछि प्रतिष्ठानको नेतृत्व कार्यवाहक रूपमा डा. सञ्जीव शर्माले सम्हालिरहेका छन्। तर निमित्त नेतृत्वले दीर्घकालीन योजना, बजेट निर्माण, अन्तर्राष्ट्रिय सहकार्य र गुणस्तरीय सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्ने गुनासो कर्मचारी र सरोकारवालाबाट उठिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेका च
मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो प्रदेशसभा सांसदहरू चढेको कार र प्रहरीको डीएसपीले चलाएको अर्को कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। झापाबाट विराटनगर आउँदै गरेको बा ५ च ३५३० नम्बरको कार र झापातर्फ गइरहेको बी एई १४०६ नम्बरको कार दिउँसो २ बजेतिर ठोक्किएका हुन्। बी एई १४०६ नम्बरको कारमा कोशी प्रदेशसभा सदस्यहरू मैयाँ श्रेष्ठ लावती (नेपाली कांग्रेस) राधाकृष्ण खनाल (एमाले), नम्बरलाल धिमाल (एमाले) र विद्या चाम्लिङ (नेकपा एकीकृत समाजवादी) सवार थिए। उनीहरू प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर जाँदै थिए। दुर्घटनाको समयमा सांसद सवार कार झ
बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरा स्थित बालसन्त आश्रमको पछाडिपट्टि कोसी नदीको भंगालोमा एक अज्ञात पुरुषको शव फेला परेको छ। मिति २०८२ साल जेठ ४ गते साँझ करिब ६ बजे फेला परेको शव करिब ३५ देखि ४० वर्ष उमेरको पुरुषको भएको अनुमान गरिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चतरा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली र अपराध स्थल अनुसन्धान (SOCO) टोली खटिइ आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ। शवको हुलिया: • उचाइ: करिब ५ फिट ४ इन्च • वर्ण: गहुँगोरो • कपाल: कालो • शरीर: मझौला • अनुहार हेर्दा पहाडी मूल
विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। झापाको बिर्तामोड नगरपालिका–४ का २६ वर्षीय संजोग लिम्बूलाई ६६० मिलिग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जेठ ३ गते चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो। त्यसैदिन दमक नगरपालिका–३ का १९ वर्षीय मिङ्सो लिम्बूलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलीले ९ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। त्यसैगरी, धरान उपमहानगरपालिका–१ का २६ वर्षीय रुस्तम राई र धरान–१३ की २७ वर
सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासिने जोखिम बढेको छ । भौगर्भिक अध्ययनबाट विराटनगर सिंकहोल (जमिन भासिने)को जोखिमयुक्त क्षेत्रमा रहेको पत्ता लागेको हो । खानी तथा भूगर्भ विभागले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार विराटनगरसहित मुलुकका २४ स्थान सिंकहोलको उच्च सम्भावित जोखिममा छन् । जमिनको सतह कमजोर, जलनिकास प्रणाली अव्यवस्थित र उच्च जनघनत्वका कारण जमिन भासिने जोखिम रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । यसअघि पनि विराटनगरका केही स्थानमा सामान्य जमिन फाट्ने, धसिने र घरको आँगनमा धाँजा पर्ने समस्या देखिको थियो । जमिनको सतहमुनिको संरचना कमजोर रहेको भन्दै खा
धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले शुक्रबार धरानको भानुचोकमा बृहत विद्यार्थी भेला सम्पन्न भएको छ। परिवर्तन संघको आयोजनामा सम्पन्न भेलामा युवालाई कुलतबाट जोगाएर समाज रुपान्तरण गर्न सकिने सन्देश दिइएको थियो। कार्यक्रमको प्रमुख सन्देश युवाले नशाको जालमा नफसी सही मार्गमा अघि बढ्नुपर्नेमा केन्द्रित थियो। संघका अध्यक्ष सागर राई (ओसन) का अनुसार, "धरानमा बढ्दो दुर्व्यसन समस्याले युवाको भविष्यमा गम्भीर असर पारिरहेको छ, त्यसैले यसविरुद्ध अब विद्यार्थीकै नेतृत्व आवश्यक छ।" कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै धरान उपमेयर ऐन्द्र विक्रम बेघाले युवाहरूलाई दुर्व्यसनविरुद्धको अभियानमा
विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी सहायक प्राध्यापक डाक्टर निता यादवले आफ्नै परिवारबाट सम्पत्ति उपभोगमा अवरोध पुगेको गुनासो गर्दै न्यायको लागि आवाज उठाएकी छिन्। पतिको मृत्युपछिको कानुनी हकसमेत नपाएको भन्दै उनी सार्वजनिक रूपमा न्यायको माग गर्दै आएकी छन्। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै डा। यादवले भनिन्, “मेरो हक खोसिएको छ, मेरो आवाज परिवारले दबाइरहेका छन्।” उनका श्रीमान् सुशील यादवको निधन २०८१ साल जेठ ३१ गते भएको थियो। त्यसपछिको सम्पत्ति उनी स्वतन्त्र रूपमा उपभोग गर्न कानुनी रूपमा सक्षम भए पनि व्यवहारमा ससुरा डा। शीतलप्रसाद यादव र देवर सुनील
इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार राति मादक पदार्थ सेवनपछि सामान्य विवादले उग्र रूप लिएपछि खुकुरी प्रहार भएको छ। घटनामा परेर एक जना घाइते भएका छन्। रामधूनी–५ निवासी ३५ वर्षीय सन्देश दोङ तामाङ र २७ वर्षीय रोशन अधिकारीबीच मादक पदार्थ सेवनकै क्रममा सामान्य भनाभन भएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार विवाद चर्किएपछि तामाङले खुकुरी प्रहार गरेका थिए। प्रहारबाट अधिकारीको बायाँ हातका दुई औंला र बायाँ खुट्टाको घुँडामा चोट लागेको छ। उनलाई तत्काल झुम्कास्थित साई हस्पिटलमा पुर्याइएपछि सामान्य उपचार गरी डिस्चार्ज गरिएको इलाका प्रहरी कार्यालय झुम्काले जनाएको छ। अधिकारीको अवस
विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटना बिहीबार राति ११ः१५ बजे उर्लाबारी नगरपालिका–३ स्थित पुरानो मङ्गलबारे क्षेत्रमा भएको हो। पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ गइरहेको ग ६ प ५०२६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ५ ख २१८७ नम्बरको ट्याङ्करले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। ट्याङ्करमा चिनी मिलबाट लोड गरिएको छुवा रहेको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक झापाको दमक नगरपालिका–९ निवासी ३६ वर्षीय मनकुमार लिम्बूको ब
पाँचथर/ पाँचथरको फिदिम नगरपालिका–११ स्थित एक माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्राले शौचालयमै शिशु जन्माएको घटना सार्वजनिक भएपछि गाउँमा सनसनी फैलिएको छ। घटना मंगलबार राति फिदिमको लप्सिबोटेमा भएको हो। आफन्तको घरमा बस्दै आएकी ती किशोरीले शौचालयभित्रै शिशु जन्माएकी थिइन्। जन्मेको शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए। घटनापछि अत्यधिक रक्तस्राव भएकोले ती किशोरीलाई तत्कालै पाँचथर अस्पताल भर्ना गरिएको छ। शिशुको शव पोष्टमार्टमका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शिशुको