स्वास्थ्य

    Showing 2,521-2,528 of 2,528 items.
  • प्रदेश नं. १ बाट दैनिक तीनसय बढीको स्वाव परीक्षण हुने

     प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद तीनसय बढीको स्वाव परीक्षण हुने भएको छ । प्रदेश सरकारले कोरोना परीक्षणका लागि थप ल्याव सञ्चालन गरेसँगै दैनिक ३ सय बढीको परीक्षण गर्न सकिने भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । प्रदेश सरकारले कोरोना परीक्षणको मात्रा बढाउँदै लगेको उहाँले बताउनुभयो । विराटनगरको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कोरोना भाईरस (कोभिड १९) का शंकास्पद व्यक्तिको स्वाव परीक्षण शुरु गरिएपछि मन्त्री घिमिरेले आज निरीक्षण गर्नुभएको थियो । सो प्रयोगशालामा आजदेखि स्वाव परीक्षण शुरु भएको छ । प्रयोगशालाको सामाजिक विकास मन्त्री घिमिरे, मन्त्रालयका सचिव

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 325 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा शुक्रबारसम्म जम्मा ६ हजार ६ सय २४ जनाको कोरोना परीक्षण

    विराटनगर, १९ बैसाख प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार २ सय ८२ जनाको नमूना परीक्षण भएको छ । यसरी परीक्षण गरिएकामध्ये ५ हजार २ सय ६७ जनाको रिर्पोट नेगेटिभ आएको छ ।  आरडीटी र पीआर दुबै विधिबाट शुक्रबारसम्म जम्मा ६ हजार ६ सय २४ जनाको नमूना संकलन भई परीक्षणमा पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार ल्याबमा स्वाब लगेर गरिने परीक्षण( पिसिआर) बाट १ हजार ३ सय ४२ जनामा कोरोना भए नभएको परीक्षण भएको छ । तीमध्ये एक हजार २ सय ९९ जनाको रिर्पो नेगेटिभ आएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शुक्

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 395 पटक पढिएको
    • "कुमार लुईंटेल"
  • नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५९ पुग्यो

     नेपालमा थप २ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपेन्देहीका २५ वर्षीय युवक र बाँके नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । रुपन्देही १ र बाँकेका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपेन्देहीका २५ वर्षीय युवक र बाँके नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 464 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • आरडिटीबाट ५ हजार ८९ जनाको नमूना परीक्षण

    प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार ८९ जनाको नमूना परीक्षण भएको छ । यसरी परीक्षण गरिएकामध्ये ५ हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको छ । आरडीटी र पीआर दुबै विधिबाट विहीबारसम्म जम्मा ६ हजार ३ सय ७७ जनाको नमूना संकलन भई परीक्षणमा पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार ल्याबमा स्वाब लगेर गरिने परीक्षण( पिसिआर) बाट १ हजार २ सय ८८ जनामा कोरोना भए नभएको परीक्षण भएको छ । तीमध्ये एक हजार २ सय ५० जनाको रिर्पो नेगेटिभ आएको छ । ३१ जनाको रिर्पोट पोजेटिभ देखिएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या विहीबारसम

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 311 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • डिपोका पूर्वविद्यार्थीद्वारा यातायात मजदुरलाई राहत

    लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई पुर्व डिपो विद्यार्थी संगठन द्धारा विहिवार राहत वितरण गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको संयोजनमा पुर्व डिपो विद्यार्थीले ७५ जना मजदुर परिवारलाई राहत वितरण गरेको थियो । राहत स्वरुप उनिहरुलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल वितरण गरिएको पुर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष एवं धरान १८ न. वडाध्यक्ष प्रविण राईले जनाए । यातायात मजदुर संगठनले सिफारिस गरेको अति विपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले वताए । पुर्व डिपो विद्यार्थीले ५५ हजार रुपैया वरावरको राहत वितरण गरेको संगठनका उपाध्

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 724 पटक पढिएको
    • "विकास चाम्लिङ राई"
  • तरकारी कुहिन थालेपछि वराहक्षेत्रस्थित ढोलबजियाका कृषक निराश

    वराहक्षेत्र ९ स्थित ढोलबजिया, हिडलुवाका कृषकहरु बारीमा लगाएको तरकारी कुहिन थालेपछि निराश बनेका छन् । कोबिड १९ संक्रमण प्रकोपका कारण देश २०७६ चैत ११ बाट बन्दाबन्दी भएपछि बारीमा फलेको तरकारी बजार जान छाडेको हो । वैदेशिक रोजगारीबाट फर्किएका ३ युवाले ढोलबजियास्थित संचालन गरेको सुन्दर कृषि फर्ममा अहिले जताततै तरकारी कुहिएको देखिन्छ । ‘हाम्रो दैनिक ५ सय केजी काँक्रा र सोही अनुसारको अन्य तरकारी उत्पादन हुन्छ, लकडाउनका कारण गाउँ बाहिर तरकारी जाने अवस्था छैन, यहाँ सबैले खेती गरेकै छन् बिक्री हुने कुरै भएन, त्यसैले यो पटक हामी ८ लाख सम्मको घाटा ब्यहोर्दै छौं ।’ फर्मका सञ्चालक अमिर निरौला

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 995 पटक पढिएको
    • "अच्युत भट्टराई"
  • थप तीन जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५७ पुग्यो

    धरान/ नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा पर्साका एक र बाराका दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । उनिहरु सिम्रौनगढका ३१ वर्षीय ,जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय र वीरगञ्ज २ छपकैयाका ४६ वर्षीय पुरुष हुन् । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 570 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"
  • कर्मचारीमा कोरोना देखिए पछि ग्लोबल आइएमई बैंकको फिक्कल शाखा बन्द

    इलाम सूर्योदय नगरपालिकाको फिक्कल स्थित ग्लोबल आइएमई बैंकको शाखाबाट काठमाण्डौं सरुवा भएका एक ३५ वर्षे पुरुष कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि बैंकको फिक्कल शाखा बन्द गरिएको छ । उनले असोज ११ गते ललितपुर स्थित ल्याबमा स्वाबको नमुना परीक्षण गराएका थिए । त्यसको भोलीपल्ट आएको परीक्षणको नतिजामा उनलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो । बैंकको फिक्कल स्थित शाखाका १४ जना कर्मचारीको स्वाबको नमुना झापाको कोटीहोम स्थित ल्याबमा पठाइएको सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका बिपुल अधिकारीले जानकारी दिए । बैंकका कर्मचारीलाई होटलको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पिसिआर परीक्षणको नतिजा नआएसम्म

    • प्रकाशित मितिः पुस १७, २०२६
    • 805 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved