धरान ।धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु ‘मेरो डान्स युनिभर्स सिजन २’ को उत्कृष्ट ३२ प्रतिस्पर्धीमा छनोट हुन सफल भएकी छिन्। सोमबार आयोजित कोरियोग्राफी राउन्डमा सामूहिक नृत्य प्रस्तुति दिएपछि उनी प्रतियोगिताको टप ३२ मा प्रवेश गरेकी हुन।विर्तामोडमा सम्पन्न अडिसन चरणबाट छनोट भएकी लिम्बुले हालसम्म प्रतियोगिताका तीन चरण पार गरिसकेकी छन्। प्रतियोगिताको संरचना अनुसार अडिसनपछि छनोट भएका प्रतिस्पर्धीले मेगा राउन्ड पार गर्दै कोरियोग्राफी राउन्डमा सामूहिक नृत्य प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ।उक्त राउन्डमा ५५ प्रतिस्पर्धीलाई १० वटा समूहमा विभाजन गरी फरक(फरक नृत्य शैलीमा प्रस्तुति दिन ल
झापा/ झापाको दमकमा एक व्यक्तिले श्रीमतीलाई खोकीको औषधिको बहानामा विष खुवाएर हत्या प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति सप्तरी शम्भुनाथ नगरपालिका–२ घर भई हाल दमक–१ सुम्निमा टोलमा डेरा गरी बस्दै आएका २५ वर्षीय दिलीपकुमार मरिक डोम हुन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नी श्रीमती रेनु मरिकलाई ‘कफ सिरप’ भन्दै विष खुवाउन खोजेका थिए। विष सेवन गराएर ज्यान लिन खोजिएको रेनुको बयानलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिम्सिनाले भने, "यसअघि पनि श्रीमानले उनलाई आगो लगाएर मार्न खोजेको
धरान/ किरात राई समुदायको महान पर्व साकेला उभौलीको भव्य समापन समारोह धरान १७ स्थित साकेला पार्कमा सम्पन्न भएको छ। सुनसरी जिल्ला किरात राई यायोक्खाद्वारा आयोजित कार्यक्रममा सांस्कृतिक उत्सवसँगै राजनीतिक मन्तव्यहरू पनि गुञ्जिए। कार्यक्रमका प्रमुख वक्ता धरानका मेयर हर्कराज राई (हर्क साङपाङ) ले गणतन्त्रको बलियो पक्षमा उभिँदै पछिल्लो समय उठिरहेको राजतन्त्र पुनर्स्थापनाको बहसलाई चर्को प्रतिवाद गरे। उनले भने, “यदि यो देशमा राजतन्त्र फर्काउने हो भने किरातीहरूले पनि आफ्नो राजा यालम्बर फर्काउनुपर्छ।” मेयर साङपाङले गणतन्त्रलाई सबै नागरिकलाई बराबरी अवसर दिने व्यवस्था भन्दै समर्थन
धरान/ “जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने नारालाई आत्मसात गर्दै विगत २८ वर्षदेखि धरानमा सामाजिक कार्य गर्दै आएका लायन्स क्लबहरूले एक नयाँ नमूना प्रस्तुत गरेका छन्। धरान–१४ स्थित पिण्डेश्वर मन्दिर अगाडि रहेको खाली र अव्यवस्थित जग्गामा अहिले एक सुन्दर ‘लायन्स वाटिका’ निर्माण गरिएको छ। करीब १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त वाटिकाको उद्घाटन बुधबार एक समारोहबीच सम्पन्न भएको हो। धरानभर क्रियाशील २० वटा लायन्स क्लबहरूको संयुक्त लगानीमा निर्माण गरिएको पार्कको उद्घाटन इन्टरनेशनल लायन्स ३२५ सी डिष्ट्रिक्ट गर्भनर विकास अधिकारी, पूर्व डिष्ट्रिक्ट गर्भनर ध
सुनसरी/ यस वर्षको मनसुन सुरु भएको पहिलो दिन शुक्रबार रातिको भीषण वर्षापछि धनकुटाको लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको करिब ३० मिटर सडक कटान गरेको छ। धनकुटाको साँघुरीगढी गाउँपालिका–६ फेदीमा कालोपत्रे सडक कटान गरी खोलाले बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। धनकुटा प्रहरीले दिएको जानकारीअनुसार, एसपी शरदकुमार थापा क्षेत्रीले भने, “रातिको झरीले खोलामा बाढी आयो, जसले २५–३० मिटर सडक भत्काएको छ। यसले आज बिहानैदेखि कोशी लोकमार्ग बन्द भएको छ।” धनकुटाबाट पाँचथर–ताप्लेजुङ जोड्ने सडकसमेत अवरुद्ध बाढीले धनकुटामा अरु दुई ठ
धरान/ वुमन्स वर्थ ग्रुप (WWG) द्वारा बिहीबार आयोजित ‘मिसेस स्टेट २०२५’ सिजन थ्री कोशी प्रदेश प्रतियोगितामा अन्जु गुरुङले शीर्ष उपाधि जितेकी छन्। १७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिसेस स्टेटको साथसाथै ‘मिसेस ब्युटिफुल’ र ‘बेस्ट स्माइल’ शीर्षक पनि हात पारिन्। गुरुङले उपाधिसँगै नगद ५१ हजार रुपैयाँ, ट्रफी, गिफ्ट ह्याम्पर र एक वर्षको सूर्य ज्योति लाइफ इन्स्योरेन्स प्राप्त गरिन्। उनलाई पूर्व मिस नेपाल एवं प्रमुख निर्णायक उषा खड्गी र मिसेस स्टेट सिजन टु विजेता पुष्पा फोम्बोले ताज पहिराइदिएका थिए। प्रतियोगितामा ममता शाह फर्स्ट रनरअप घोषित भइन्। उनले २५ हजार रु
भोजपुर/ नेपालमा फलाम खानीको उल्लेख्य सम्भावना हुँदाहुँदै पनि राज्यको बेवास्ताका कारण कतिपय खानीहरू बन्द छन्। त्यही मध्ये एक हो, भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ मा अवस्थित सेल्मे फलाम खानी। करिब १५० वर्ष पुरानो इतिहास बोकेको यो खानी वि.सं. २०१३ सालसम्म सञ्चालनमा थियो। हाल यो खानी पूर्ण रूपमा बन्द छ, जसले गर्दा स्थानीय कालीगडहरू बाह्य देशबाट आयात हुने फलाममा निर्भर बन्न बाध्य छन्। स्थानीयको भनाइमा, राज्यले अध्ययन अनुसन्धान गरी पुनः सञ्चालन गरे रोजगारी र आर्थिक विकासको राम्रो आधार बन्न सक्नेछ। स्थानीय कालिगड मनकुमार विश्वकर्मा भन्छन्, “यहाँको फलाम
उदयपुर/ उदयपुरमा प्रतिबन्धित लागूपदार्थ गाँजाको ठूलो परिमाणसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका–१, रानीटारस्थित ४१ वर्षीया रत्नमाया श्रेष्ठको घरबाट करिब १ हजार १४३ किलो गाँजा बरामद गरेको हो। गाँजा ३५ वटा बोरामा हालेर लुकाइएको अवस्थामा भेटिएको थियो। प्रहरीले घटनास्थलबाट रत्नमाया श्रेष्ठसँगै सोही स्थानकी ४२ वर्षीया कमला श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ। हाल दुवैजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर लागूपदार्थ कारोबारसम्बन्धी कानुनी अनुसन्धान अघि
धरान/ धरान उपमहानगरपालिका–५ र ६ को सिमानामा पर्ने शेरा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको लामो समय भइसक्यो। तर, पुल बने पनि जोखिम भने टरिसकेको छैन। खोलाको सतह बर्सेनि उचाइँ लिँदै जाँदा बाढीको त्रास झन् बढेको छ। खोलाले गाउँमै पानी पस्ने अवस्था सिर्जना गरेपछि स्थानीय बासिन्दा त्रासमा बाँचिरहेका छन्। धरान–६, पानबारीका स्थानीय कृष्ण गौतम भन्छन्, “करोडौं रुपैयाँ खर्चेर पुल त बनाए, तर खोलाको सतह नै यति अग्लो हुँदै गएको छ कि खोलामा बाढी आउँदा पुल मात्र होइन, सिंगो गाउँ डुब्ने खतरा देखिएको छ।” स्थानीयले हरेक वर्ष वर्षायाम नआउँदै त्रासको सामना गर्नुपर्ने बाध्यता
धरान/ धरान–१२ मा अवस्थित सुनाखरी एकेडेमीले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा चार स्वर्ण पदक जित्ने छात्राहरू निमा डोल्मा तामाङ र वर्षा राईलाई विशेष सम्मान गरेको छ। बुधबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिलन राई, निर्देशक प्रदीप राईसहित सम्पूर्ण विद्यालय परिवारको उपस्थिति थियो। विजेता छात्राहरूलाई अबिर र खदा ओढाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै निर्देशक प्रदीप राईले छात्राहरूको सफलताले विद्यालय मात्र नभई सिंगो धरान शहरको गौरव बढाएको बताए। प्रिन्सिपल राईले विद्यार्थीहरूलाई थप प्रेरणा र हौसला दिनका लागि सम्मान कार्यक्रमको आयोजना गरिएको जान