समाज

    Showing 5,411-5,420 of 6,724 items.
  • ६३ ले गराए स्वास्थ्य जाँच

    धरान/ परिवर्तनका लागि सामाजिक अभियानको दशौं संस्करणको सामाजिक स्वास्थ्य शिविर आज फागुन ७ गते १८ नं. वडा कार्यालयमा सम्पन्न भएको छ । १८ नं. वडा कार्यालयको सहकार्यमा सम्पन्न कार्यक्रममा ६३ जनाले स्वास्थ्य जाँच गरेका थिए । वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा स्वास्थ्य परिक्षण भएको कार्यक्रममा पाक्षिक रुपमा सञ्चालन हुँदै आईरहेको छ । परिवर्तनका लागि सामाजिक अभियानले आयोजना गर्ने यो सामाजिक स्वास्थ्य क्लिनिक विशेष गरि ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरि आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । बरालले भने “ब

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 807 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एकका १ सय १३ कैन्दीबन्दीले पाए आममाफी

    धरान/ प्रजातन्त्र दिवशको अवसरमा प्रदेश १ का विभिन्न कारागारमा रहेका १ सय १३ जना कैदीबन्दीले आममाफी पाएका छन् । ७२ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कारागारमा कैदी जीवन बिताइरहेका प्रदेश १ का १ सय १३ कैदीबन्दीहरुलाई आममाफी दिएकी हुन् । प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार झापाका १६, ईलाम ५, पाँचथर २, ताप्लेजुङ ६, मोरङ १५, सुनसरी ३७, धनकुटा १, तेह्रथुम १, संखुवासभा ४, भोजपुर ३, उदयपुर ८, सोलु १, खोटाङ ५, ओखलढुंगा ५ र बालसुधार केन्द्र मोरङका ४ गरी प्रदेश १ बाट १ सय १३ जना कैदीहरुले सजाय माफ पाएका हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 630 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मौरी पालन छाड्दै कृषक

    धरान/ कृषि पेशालाई सरकारले अनुदान, प्राविधिक सहयोगका साथै अन्य सहयोग गरेको दाबी गरिरहँदा पहाडी क्षेत्रमा मौरी पालक कृषकहरु भने सरकारी उपेक्षामा परेका छन् ।तेह्रथुमको लाली गुँरास नगरपालिकाका टिका खड्काले केही वर्ष अघि सम्म पालन गर्दै थिए । लामो समयदेखि मौरी पाले पनि प्राविधिक ज्ञान नहुँदा मौरी मर्ने, मौरीले सोचेजस्तो चाका जम्मा गर्न नसक्ने लगायतका समस्या हुन थालेपछि पेशा छाडेर अहिले कपडा व्यापारमा लागेका छन् । उनी भन्छन्, ‘मैले करिब १० बर्ष मौरी पाले, शुरुमा त मौरी पाल्दा धेरै फाइदा भयो, बार्षिक ५० हजारसम्म आम्दानी गर्थे, तर पछिल्लो समयमा मौरी मर्ने, मौरी चर्ने स्थानको कमी लगायतका का

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 1,015 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको औद्योगिक ग्राम अन्यौलमा: स्थानीय सरकारको पहल अभाव

    धरान/ दुई वर्ष अघि धरानमा बनाउने भनिएको औद्योगिक ग्राम स्थानीय सरकारको पहल नहुँदा अन्यौलमा रहेको छ । स्थानीय स्रोत, सीप र प्रबिधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँ निर्माण थालिएका औद्योगिक ग्रामले गति लिन सकेका छैनन् । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्य अनुरुप धरानमा पनि २०७६ पुसदेखि ग्राम निर्माणको प्रक्रिया अघि बढेको थियो । धरान ६ स्थित पानवारीको सेहरा खोला पश्चिम तर्फ औद्योगिक ग्राम बनाउने तयारी थियो । सरकारको निति अनुसार तत्कालिन स्थानीय तहबाट जग्गा उपलब्ध गराएको थियो । सरकारले औद्योगिक ग्राम बनाउन दिएको ९२ लाख रुपैयाको बजेटले जग्गाको संरक्षण गर्न

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 1,502 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • मोरङको उखुबारी घटना सुल्झाउने आनमोल खड्का र फिरोज चौधरी उत्कृष्ट प्रहरी घोषित

    मोरङ । इलाका प्रहरी कार्यालय रंगेली, मोरङमा कार्यरत प्रहरी निरीक्षक अनमोल खड्का र १ नम्वर प्रदेश प्रहरी कार्यालय, विराटनगर दरबन्दी भई अनुसन्धान समूहमा कार्यरत प्रहरी नायव निरीक्षक फिरोज कुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु-याउनुको साथै जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नम्वर–७ स्थित उखु बारीमा दुई वटा मृत लाश र जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नम्वर–१२ स्थित गोदाम घरमा गाडेको अवस्थामा अर्को मृत लाश समेत उत्खनन् गरी घटनाको सुक्ष्म रुपमा अनुसन्धान गरी प्रतिवादीहरुलाई पक्राउ गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 2,525 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आपगाछीमा शव फेला

    धरान/ धरान भेडेटार सडक खण्ड स्थित आपगाछी क्षेत्रमा कुहिएको अवश्थामा शव फेला परेको छ । आपगाछीको जंगल क्षेत्रमा जेब्रा झोलाभित्र मानिसको टाउको र एउटा खुट्टा फेला परेको हो । बुधबार दिउँसो जंगलमा दाउरा खोज्न गएका स्थानीयले कुहिएको अवश्थामा शव फेला पारेका थिए । जंगल गएका स्थानीयले दुर्गन्ध फैलिए पछि हेर्दा जेब्राभित्र टाउको र खुट्टा फेला पारे प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मुचुल्का गरेर अन्य सबुत प्रमाणहरु परिक्षणको लागि पठाउन संकलन गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । कुँवरले भने, ‘एउटा खुट्

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 1,234 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धारामा पानी अभाव: मुख्य पाइप लाइन नै खोल्न थाले

    धरान । धरानमा खानेपानीको चरम अभाव सिर्जना भएको छ । खानेपानी हाहाकार भएकै कारण सर्वसाधारणले बाटोमै पाइप खोलेर पानी थाप्न थालेका छन् । तीनचार दिनदेखि खानेपानी धारामा नआएपछि धरान १५का सर्वसाधारण खानेपानी बोर्डले वितरणका लागि विछ्याएको मेन पाइप खोलेर पानी थाप्ने गरेका छन् । धरान १५ सुनगाभामार्गकी विना विश्वकर्मा धारामा पानी आउन छाडेपछि बाटोमै पानीको पाइप खोलेर पानी थाप्ने गरेको बताउछिन् । उनी भन्छिन््–‘धारामा पानी नआएको चार दिन भइसक्यो, कही कतैबाट पानीको आवश्यकता पूरा गर्न सकिएन, पाइपमा रहलपहल आएको पानी बाटोमै खुस्क्याएर पानी भर्न गरेका छौं ।’ उनी मात्र हैन त्यस टोलका अन्य सर्व

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 1,308 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिरपट प्रहार गरी आमाको हत्या

    मोरङ। मोरङ उर्लाबारीका ३५ वर्षीय युवाले चिरपटले प्रहार गरी आमाको हत्या गरेका छन् । उर्लाबारी नगरपालिका –४ आइतबारेका गंगा प्रसाद भण्डारीले आइतबार घरयासी विवादहुँदा चिरपटले प्रहार गर्दा घाइते भएकी ७० वर्षीया चन्द्रमाया भण्डारीको मृत्यु भएको हो । प्रहारबाट गम्भीर घाइते भएकी चन्द्रमायाको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा आइतबार राति १०ः३० मा मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या गर्ने गंगा प्रासादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनि प्रकृया अगाडी बढाएको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 943 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रणय दिवस: ‘बुढासुब्बा मन्दिर’ प्रेमिल गन्तव्य

    धरान । फागुन २ अर्थात फ्रेबुअरी १४ तारिख । यो दिन संसारभरि प्रणय दिवस (भ्यालेन्टाइन डे) को रुपमा मनाउने प्रचलन छ । यो दिन विशेष गरेर माया गर्ने जोडी कुनै रमणीय स्थल घुम्न जाने, उपहार प्रदान गर्ने मात्र हैन सँगै बाच्ने सँगै मर्ने कसम समेत खाने गरेका छन् ।विशेष गरी धरानमा प्रेमिल जोडीहरुले धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा रहेको टुप्पो विनाको बासमा जोडाजोडीको नाम लेख्ने प्रचलन छ । बासमा जोडाजोडीको नाम लेख्दा त्यो प्रेम अमर हुने विश्वास गरिएको छ । बासमा नाम लेख्दा फोहोर हुने र बासको संरक्षण हुन नसकेको भन्दै अहिले भने बासमा लेख्न बन्देज लगाइएको छ । मन्दिर व्यवस्थापन समितिले यसरी बासमा ल

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 1,471 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बर्जुका महिलालाई थाकलबाट सामग्री बनाउने तालिम

    सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा महिलाहरुको लागि १४ दिने थाकलद्वारा हेण्डिक्राफ्ट, ब्याग तथा बिभिन्न सामाग्री बनाउने तालिम शुरु भएको छ । नेपाल ग्रिन लिक फाउन्डेसन प्रा.लि इटहरीको आयोजनामा भएको तालिमलाई उद्योग श्रम तथा रोजगार मन्त्रालय प्रदेश न.१ को कार्यालयले सहयोग गरेको हो । बुधबार देखि सुरु भएको तालिमको प्रशिक्षकको रुपमा रामरति चौधरी, ओम कुमारी चौधरी र सुनिता तिवारी हुमागाई रहेका छन् । २५ जनालाई प्रशिक्षण दिने योजना रहेको तालिमको प्रशिक्षक सुनिता तिवारी हुमागाईले जानकारी दिइन् । महिलाहरुलाई स्वरोजगार बनाइ आय आर्जनमा सहज बनाउने उदेश्यले तालिमको आयोजना गरिएको नेपाल ग्रिन लिक फाउन्डेसन प

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 1,287 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved