समाज

    Showing 2,881-2,890 of 6,824 items.
  • इटहरीका मेयर हेमकर्णलाई लाग्यो नीतिगत भ्रष्टचारको आरोप,दलहरु आन्दोलित

    इटहरी । सुनसरीको इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलका विरुद्ध पाँच राजनीतिक दल आन्दोलित भएका छन् ।मेयरको कार्यशैली पारदर्शी नभएको र उपमहानगरमा नीतिगत भ्रष्टाचार बढेको भन्दै विभिन्न पाँच राजनीतिक दल आन्दोलित बनेको छन् ।शिक्षा, स्वास्थ्य, यातायात लगायतका विषयमा नगरप्रमुखले मनोमानी किसिमले खर्च गरेको भन्दै उनीहरूले दुई साताभित्र सार्वजनिक सुनुवाइ मार्फत जवाफ दिन माग गरेका हुन् ।दलहरूले प्रदेश र प्रतिनिधिसभामा इटहरी उपमहानगरमा भएको अनियमितताको विषयमा समेत आवाज उठेको भन्दै तत्काल यस विषयमा प्रष्ट पार्न आग्रह गरेका छन् । संसदमा उठेका प्रश्न सहित गत आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत सम्पन्न योजना

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 653 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एक वर्षमा १७ हजारद्धारा रक्तदान

    धरान/ नेपाल रेडक्रस सोसाइटीको ६२ औ स्थापना दिवस । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी सुनसरीले धरान १ मा रहेको कार्यालय परिसरमा विविध कार्यक्रम गरी मनाएको छ । सो अवसरमा रेडक्रसले मानवीय सेवामा गरेका कामहरुको विषयमा चर्चा भएको थियो । दिवस ।मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटीले रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएपछि भने अझ प्रभावकारी काम भएको पाइएको छ । विपत्त व्यवस्थापनमा सक्रियता, पीडित परिवारलाई सहयोग लगायतका कामको प्रभावकारिता देखिएसँगै रक्त सञ्चार सेवाबाट दिने सेवाले अझ रेडक्रसको गरिमा बढेको अभाष भएको सहभागीहरुले बताएका थिए । सो अवसरमा बोल्दै रेडक्रस सुनसरीका पूर्व अध्यक्ष एवम

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 610 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खै सरकार ? मन्त्री हेर्छन,जान्छन् सुरक्षित रहन अरुको घरमा शरण

    धरान/ जब आकाशमा कालो बादल मडारिन थाल्छ, धरानका खहरे आसपासका स्थानीयहरु त्रसित हुन्छन । दिउँसोको समयमा भन्दा पनि उनीहरुलाई राती निन्दा नै लाग्दैन । बाढीले धनजनको क्षति पुर्‍याउने हो भन्ने त्रासमा उनीहरु छन् । गत बिहीवार भारी बर्षासंगै खहरेमा आएको बाढिले घर, सडक कटान गरेर जीर्ण बनेपछि सुनसरीको धरानका खहरे करिडोरका स्थनीयहरु चिन्तित बनेका छन । बाढीले एक स्कुले बिद्यार्थीले ज्यान गुमाउनु पर्‍यो भने करोडौको क्षति ब्यहोर्नु पर्‍यो । जिर्ण बनेको घर टहरा फेरी बाढ आएर बगाउला कि भन्ने पिरले उनीहरुलाई सताउने गरेको छ । अझै पानी पर्ने सम्भावना टरिसकेको छैन आधा दर्जन बढी वडाका स्थानीयह

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 612 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायन प्रतियोगिताको पहिलो अडिसनबाट ४१ विद्यार्थी छानिए

    धरान/ धरान नगरस्तरीय ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८१’ (सिजन–१) को बुधबार सम्पन्न पहिलो अडिसनबाट ४१ जना प्रतिष्पर्धीहरू छनोट भएका छन् । उनीहरूले दोस्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगितामा धरान उपमहानगरभरिका सामुदायिक र निजी गरी १७ विद्यालयका कक्षा १० सम्मका ५१ जना विद्यार्थी सहभागी भएको आयोजक र्याडिकल लाइट नेपाल प्रालिका अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए । विद्यालय तहमा अध्ययनरत् विद्यार्थीहरूभित्र लुकेर रहेको गायन प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजित प्रतियोगिताको दोस्रो चरणको प्रतियोगिता यही भदौ २५ गते धरान–८ स्थित सहिद स्मृति माविको सभाहल

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 551 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज धरानका विद्यालय स्व.युजिनको स्मृतीमा शोक विदा,साँझ दीप प्रज्वलन

    धरान । धरान वडा नं ३ निवासी १४ बर्षीया युजिन शाहीको स्मृतीमा धरान उपमहानगरपालिकाले स्थानीय शोक विदा दिएको छ । उपमहानगरपालिकाले ५ लाख रुपैंया नगद युजिनको परिवारलाइ्र्र्र्र प्रदान गर्दै आज(विहीबार ) विद्यालयहरु विदा दिएको शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले बताए । नेवारी परम्परामा १० दिनदेखि सुद्धिकार्य पनि हो । साँझ ६ बजे कैलाशपथ सिद्रा बजार कर्नरमा दिप प्रज्वलन गर्ने गर्ने कार्यक्रम रहेको पनि रहेको वडा सदस्य मनिष खड्गीले बताए । भदौ ११ गते बिहान करिब ११ः४५ बजे सृर्जना शाही र उनकी छोरी युजिन माथि धारिलो हतियार प्रहार भएको थियो । आमा सृर्जना घाइते भएकी थिइन् भने युजिनको उपचारको क्रममा मृत्यु भएक

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 877 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो केपि राई मेमोरियल ओपन फुटसल, भदौ अन्तिम साता हुने,विजेताले पुरस्कार १ लाख पाउने

    धरान । नेचर क्लब धरानको आयोजनामा भदौ २७ गते देखी तिन दिनसम्म सन्चालन हुने भएको छ । प्रतियोगितामा धरान, इटहरी, तरहरा, पोखरा, झापा, मोरङ्ग, भारतका सिक्किम लगायत १६ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष कृष्ण राईले बताउनुभयो । प्रतियोगितामा राष्ट्रिय फुटसल खेलाडिहरुको समेत सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद दुई लाख, उप बिजेताले नगद १ लाखसहित टफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको बिधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट गोलकिपर, हाइस्कोरर र उदयीमान खेलाडिले जनही नगद १० हजार रुपैया प्राप्त गर्नेछन । यस्तै, उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार,

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 696 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेलम्चीमा राष्ट्रिय दलित पत्रकार संघ,नेपाल पुनर्गठन

    सिन्धुपाल्चाेक/ देशभैर राष्ट्रिय दलित पत्रकार संघ नेपालले शाखाको अधिवेशन गरिरहेको छ । जिल्ला तथा प्रदेशको अधिवेशन सकेर केन्द्रिय अधिवेशनको तयारी गर्नु पर्ने भएकाले विधान तह अभिवेशनहरु क्रमस सम्पन्न हुदैछन् । यसैवीच सिन्धुपालचोक शाखा पनि नर्गठन गरिएको भएको छ । बुधबार मेलम्चीमा आयोजित कार्यक्रमबाट समिति पुनर्गठन गरिएको हो । भेलाले चण्डीका नेपालीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । राष्ट्रिय दलित पत्रकार संघमा सिन्धुपालचोक जिल्लाको ५ वटा पालिकाहरु समावेश भएका छन् । शाखाको उपाध्यक्षमा गणेश परियार, सचिव राजकुमार मिजार, सह सचिव कौशिला नेपाली, कोषाध्यक्ष दिपेश नेपाली, सदस्यहरु

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 494 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यो वर्षको दशैंमा पुरानै नोट

    धरान/ यो वर्षको दशैंमा नयाँ नोट नसाटिने भएको छ । नेपाल राष्ट्र बैंकले यो पटक नोट नसाट्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले यो वर्ष नयाँ नोट नसाटिने जानकारी दिएका हुन् । नयाँ नोटको सट्टामा पुरानै सुकिला नोट भने दिइने उनले बताए । राष्ट्र बैंकले यो वर्षको दशैं–तिहारका लागि पनि ५, १० २०, ५० र १०० का सुकिला नोट सटही गर्नेछ । बैंकले प्रत्येक वर्ष प्रतिव्यक्ति १८ हजार ५०० नोट सटही गर्दै आएको छ । राष्ट्र बैंकले हरेक दशैं तिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको थियो । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले के

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 544 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रकाशलाई पूर्वमुख्यमन्त्रीको १ लाख हल गोरु र जग्गाको पहल गर्ने प्रतिवद्धता

    धरान/  ‘हेर्ने कथा’ प्रकाश तामाङ्गलाई कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईले एक लाख र उनको जीविकोपार्जनको आधार बनाउन एक हल गोरु र जग्गा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका छन् । भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) का उनलाई घरजग्गासँगै गरीखाने बन्दोबस्तीका लागि सहयोग जुट्न थालेको हो । यसैक्रममा कोशी प्रदेशका पूर्वमख्यमन्त्री शेरधन राईले आफ्नो गृहजिल्लाका प्रकाशलाई नगद १ लाख सहयोग गरेका छन् । राईले आज प्रकाशलाई भेटेर उनको योजना र माग पनि सुने । प्रकाशको मागबमोजिम एक हल गोरु, एउटा हाते ट्याक्टर र गरी खाने जग्गाको लागि आवश्यक ठाउँमा पहल गर्ने राईले प्र

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 504 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कालाबञ्जारमा कांग्रेसको तीज,संगीनी,दाइजो प्रथा विरुद्ध नाटक प्रस्तुत र तीज नृत्य

    धरान/  सुनसरीको बराहक्षेत्र स्थित कालाबन्जारमा तीज कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसले बराहाक्षेत्र नगरपालिकाको कालावञ्जारमा समुदायमा आधारित तीज विशेष कार्यक्रम गरेको हो । बराहक्षेत्र नगरपालिकाको वडा नं. ३, ४ र ५ लाई समेटेर साविक भरौल गा।वि।स। को कालाबञ्जारमा नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले कार्यक्रम गरेको हो । कार्यक्रममा तीज विशेष संगीनी गाउने तथा खेल्ने, दाइजो प्रथा विरुद्ध सचेतना सम्बन्धि नाटक प्रस्तुत र तीज नृत्य प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा वडा नं. ३ की सिजी राजधामी प्रथम, वडा नं. ५ की सपना श्रेष्ठ दोश्रो र वडा नं. ४ की कुमारी बस्नेत तेश्रो

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 597 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved