रंगेली/ मोरङको सुनवर्षी नगरपालिकामा थप २१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै सुनवर्षीमा मात्रै संक्रमितहरुको संख्या २८ पुगेको छ । प्रादेशिक प्रयोगशाला बिराटनगरमा गरिएको १८८ जनाको परीक्षणमा आज थप २१ ज्ना संक्रमण पुष्टि भएको सुनवर्षी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख किशोर मण्डलले जानकारी दिएका छन् । उनिहरु सबै भारतको विभिन्न सहरबाट आएर नगरपालिकाले निमार्ण गरेको वडा नम्बर ८ स्थित क्वारेनटाईनमा बस्दै आएका थिए । संक्रमितहरुलाई उपचारका लागि काहा“ लाने भन्नेबारे निश्चित भइनसकेको स्वास्थ्य शाखा प्रमुख मण्डलले जानकारी दिएका छन् । उनले धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान , क
धरान । राष्ट्रिय जनमुक्ति पार्टीले एमसिसि लगायत बढ्दै गरेको कोभिड १९ को चुनौतीलाई समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तालाई चुनौति दिने किसिमको शर्त एवं प्रावधान सहित आएको एमसिसि सार्वभौम संसदले अनुमोदन गर्न नहुने भन्दै सबै दलहरुलाई खबरदारी र ध्यानाकर्षण गराएको छ । केन्द्रिय अध्यक्ष केपी पालुङवाले विज्ञप्ती जारी गर्दै जेठ ३१ गते संघीय संसदले नेपालको लिम्पियाधुरा लिपुलेक कालापानी सहितको भुमि समेटेर नयाँ नक्सा सम्बन्धी प्रस्तावलाई पारित गरेकोमा स्वागत गरेका छन् । त्यसै विज्ञप्तीमा मुलुकमा ब
धरान/ धरान स्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ७ जना संक्रमित डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार मोरङ रतुवामाईका थप २५ जना संक्रमितहरु हिजो मात्रै प्रतिष्ठानमा भर्ना भएका छन् । प्रतिष्ठानबाट मात्रै ११० जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भनृे ४९ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।
इटहरी । सुनसरी माेरङ औद्याेगिक करीडाेर अन्तरगत दुहबीकाे एक उद्याेगमा कार्यरत महिलाहरूमाथी याैन दुर्व्यवहार गरेकाे अभियाेग सहित पक्राउ परेका एक उद्याेगका प्रडक्सन इञ्चार्ज पवन शर्मा २४ घण्टा बित्न नपाउदै छाडिएका छन । सुनसरीकाे दुहबी स्थित पशुपति सिन प्याक इन्ड्रस्टिजमा कार्यरत महिलाहरूले कुनै उजुरी नदिएपछि आरोपित शर्मा रिहा भएका हुन । रातकाे समय डयुटीमा खटिएका महिला कामदारहरू माथी याैन दुर्व्यवहार गरेकाे अभियाेग सहित प्रकउ परेका भारत राजस्थान घर भई सुनसरी दुहबी बस्ने २४ वर्षीय शर्मा पक्राउ परेकाे केहि घण्टामै छुटेका हुन । माैखिक उजुरीकाे अाधारमा प्रहरीले
धरान । प्रदेश नम्बर १ को सरकारले आर्थिक वर्ष २०७७-७८ का लागि भौतिक पुर्वाधार तथा विकाश मन्त्रालयमा सबै भन्दा बढी बजेट विनियोजन गरेको छ । मन्त्रालयगत बजेट विनियोजनमा भौतिक पुर्वाधार विकाश मन्त्रालयलाई १७ अर्ब ९३ करोड २९ लाख ८२ हजार कुल बजेटको ४३ दशमलव ८४ प्रतिशत बजेट विनियोजन गरेको हो । सबै भन्दा कम बजेट अर्थ मन्त्रालय अन्र्तगतको आन्तरिक ऋण भुक्तानी तर्फ शुन्य दशमलव शुन्य २४ प्रतिशत रहेको छ । सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङबोले पेश गरेको बजेटमा प्रदेश व्यवस्थापिकामा २३ करोड ५० लाख ३६ हजार रुपैया विनियोजन गरेको छ भने प्रदेश लोक सेवा आयोगका लागि ५ करोड ५९ ला
विराटनगर । प्रदेश १ सरकारले आगामि आर्थिक वर्ष २०७७ ७८ का लागि कुल ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रस्तुत गरेको छ । सोमबार प्रदेशसभा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामि वर्षको चालु खर्च तर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार (४६.२९ प्रतिशत) र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार (५३ .७१ प्रतिशत) विनियोजन गरिएको बताएका छन् । यस्तै मन्त्री आङबोले वित्तिय व्यवस्थापन तर्फ ४ करोड रुपैयाँ र अन्तर सरकारी वित्त हस्तान्तरणका लागि रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको जनाएका छन् । राजस्व बाँडफाँडबाट१० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चा
काठमाडौं / पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणा थप सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ६ हजार २ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सगै नेपालमा कुल डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ । जसमध्ये पुरुष ९३७ र १०४ जना महिला छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।
विराटनगर । आगामि वर्ष २०७७÷७८ का लागि प्रदेश सरकारले कृषिक्षेत्रका लागि ३ अर्ब ८३ करोड १६ लाख रुपैया बजेट विनियोजन गरेको छ । सोमबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले कोरोना संक्रमणका कारण शिथिल भएको कृषि क्षेत्रलाई माथि उठाउन कृषि तथा पशुपालनमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताएका छन् । उनका अनुसार कृषि तथा पशुपालन तर्फको बजेटबाट अग्र्यानिक कृषिलाई प्रोत्साहन दिदै ९ करोड ८४ लाख बजेट विनियोजन गरिएको बताए । उनले धुलो दुध कारखानाका लागि १३ करोड, कृषि यान्त्रीकरणका लागि ६ करोड बजेट विनियोजन गरिएको बताए । त्यसै गरि कृषि उत्पादनमा वृद्धि कार्यक्रम, कृषि प्रोत्साहन लगायतका
विराटनगर । प्रदेश १ को आगाकि अर्थिक वर्ष २०७७ ७८ को बजेट बतmव्यको क्रममा अर्थिक मामिला मन्त्री ईन्द« आङ्बोले प्रदेशका सबै स्थानियतहलाई समान रुपमा अनुदान उपलब्ध गराउने बताएका छन् । प्रदेशसभामा सोमबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पेस गर्दै आर्थिक मामिला मन्त्रि इन्द्र आङ्ग्बोले प्रदेश भित्रका स्थानीयतहहरुलाई समान रुपमा बित्तिय समानीकरणको लागि ५० लाख र समपुरक अनुदान १ करोड उपलब्ध गराउन बजेट छुट्याएको बताएका हुन् ।
विराटनगर ।प्रदेश सरकारको आगामि आर्थिक वर्ष २०७७ ७८को बजेट बयतmव्यको क्रममा क्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बिराटनगरमा रहेको कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई प्रदेश सरकारले सरुवा रोग र अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने बताएका छन् । मन्त्री आङ्बोले त्यस कार्यक्रमका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको बताए । यस्तै प्रदेश सरकारले धनकुटा प्रादेशिक अस्पतालको पनि स्तरउन्नति गर्ने र जिल्ला अस्पतालहरुलाई न्यूनतम ५० शैयाको र भेन्टिलेटरसहित स्तरउन्नती गर्ने, यस्तै २५ शैयाको अस्पताललाई स्मार्ट अस्पतालको रुपमा विकास गर्नका लागि १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको