समाचार

    Showing 5,461-5,470 of 8,605 items.
  • अन्सारीद्वारा काङ्ग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    धरान/ नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रीय सदस्य डा अबुल हुसेन अन्सारीले प्रदेश नम्बर १ बाट काङ्ग्रेस केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् ।उनले काङ्ग्रेसको १४ औँ महाधिवेशनमा मुस्लिम कोटाबाट उम्मेदवारी घोषणा गरेका हुन् । सुनसरी क्षेत्र नं. ४ (ख) मा भोक्राहा नरसिंह गाउँपालिका–४ को वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि हुँदै क्षेत्र नं.४ को क्षेत्रीय अधिवेशनबाट उनी भारी मतले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । उनको पारिवारिक पृष्ठभूमि पनि काङ्ग्रेससँग जोडिएको छ । डा अन्सारीका दाजु हारुन अन्सारी सुनसरी क्षेत्र नं.४ (ख) का पूर

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 920 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल विजनेस कलेजले शुरु गर्यो बीआईटी

    विराटनगर । विराटनगर ११ मा रहेको नेपाल विजनेस कलेजले चालु शैक्षिक सत्रदेखि व्याचलर इन इन्फर्मेशन टेक्नोलोजी (बीआईटी) सुरू गरेको छ । कलेजका निर्देशक दीपक कोइरालाले मलेसियाको लिंकन विश्वविद्यालयको सम्बन्धनमा बीआईटी अध्यापन सुरू गरिएको जानकारी दिए । बीआईटीका लागि छ सेमेष्टरमा प्रति विद्यार्थी जम्मा ५ लाख १६ हजार रूपैयाँ लाग्ने जनाइएको छ । सोही रकमबाट चौथौं सेमेष्टरमा थाइल्याण्डमा शैक्षिक भ्रमणसमेत राखिएको छ । यस शैक्षिक सत्रमा बीआईटीका लागि कलेजले ३६ जनाका लागि कोटा तोकेको छ । कलेजमा हाल चार वर्षे बीबीए र एमबीए अध्यापन हुँदै आएको छ । निर्देशक कोइरालाले बीबीए र एमबीए अध्ययनरत रहेका धेरै विद्यार्थ

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 515 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘अस्पतालको समस्या समाधान गर्न पहल गर्छु’

    इलाम । प्रदेश नं. १ सामाजिक विकास मन्त्री जयराम यादवले इलाम अस्पतालको निरिक्षण गरेका छन । इलामको सन्दकपुर गाउँपालिकाको मावुमा संगठनको जनजागरण कार्यक्रममा जाने क्रममा अस्पतालको निरिक्षण गरेका हुन । निरिक्षण पछि मन्त्री यादवले अस्पतालमा भएको समस्याको समाधानमा लाग्ने बताएका छन् । उनले अस्पताल भएको कर्मचारी अभावको पदपुर्तिका लागि पनि पहल गर्ने बताए । उनले कर्मचारी अभाव पदपुर्ति करारमा राखेर सम्भव नहुने र प्रदेश लोकसेवा खोल्न कानुनी समस्या रहेको हुँदा केन्द्र सरकारसँग पनि सम्पर्कका रहेका छौ । त्यसलाई चाँडो भन्दा चाँडो विज्ञापन खोलर नै समस्या समाधानमा लाग्ने बताए । जनशक्ति अभावका कारण इलाम अस्पताल

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 722 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • ‘होम मेकर आर्किलिग’ फुटबल प्रतियोगिता भोलीबाट

    धरान । अध्ययनसँगै शारीरिक स्फुुर्ती कायम गर्न आवश्यक रहेको भन्दै पूर्वाञ्चल इन्जिनियरीङ क्याम्पस धरानमा विभिन्न विषयमा अध्यनरत विद्यार्थीहरुले खेलकुद कार्यक्रम आयोजना गर्ने गरेका छन् । प्राविधिक ज्ञान अध्ययन हुने कलेजमा मानसिकसँगै शारीरिक व्यायामको समेत आवश्यकता महसुस गरी समय समयमा त्यहा अध्ययनरत विद्यार्थीहरुले खेलकुदका कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् । यसै क्रममा कलेजमा अध्ययनरत आर्किटेचर फ्याकल्टीमा अध्ययनरत विद्यार्थीहरुले सोमबारदेखि फ्याकल्टीकै विद्यार्थी र कलेजको (विभागिय प्रमुख)एचओडी, तथा प्राध्यापकहरु समावेश गरेर ‘होम मेकर आर्किलिग फुटबल प्रतियागिता’को आयोजना गर्ने भएक

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 536 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अध्ययन पूरा गरिसक्दा पनि काम पाइएन : विद्यार्थीको भविष्य नै अन्यौल

    धरान/ कुनै पनि विषयमा अध्ययन गर्ने विद्यार्थीहरुले राम्रो काम गर्ने र आफ्नो सुनौलो भविष्य कसरी निर्माण गर्ने भन्ने विषयमा सोचेका हुन्छन् । यो सपना एमविएस विषयमा अध्ययन गर्ने होस् वा मानविकी, म्यानेजमेन्ट अथवा शिक्षा संकायका विद्यार्थी हुन् उनीहरुको पहिलो उद्देश्य नै राम्रो र धेरै कमाइ हुने ठाउमा जागिर खाने नै हो । तर केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा पोषण विज्ञानमा अध्ययन सकेका विद्यार्थीहरु बेरोजगार बस्नुपर्ने बाध्यता छ । यसको प्रमुख कारण हो यो विषयलाई कुन निकाय अन्तर्गत राख्ने भन्ने सरकारी अन्यौलतासंगै अध्ययन गरिसकेका विद्यार्थीका लागि लोकसेवा नखुल्दा पढाइको सदुपयोग गर्न पाएका छैन

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 548 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • युवा व्यवसायी मेन्याङ्बोले बालबालिकासँग मनाए जन्मदिन

    धरान/  युवा व्यवसायी तथा थिएटर सहाराका अध्यक्ष नवीन मेन्याङ्बोले आप्mनो जन्मदिन शनिबार धरान–१३ को इम्मानुयल चिल्ड्रेन होमका बालबालिकासँग मनाएका छन् । उनले त्यहाँ आश्रय लिएर बसेका बालबालिकालाई चिल्ड्रेन होममै पुगेर स्वेटर वितरण गर्दै उनीहरूलाई खाना पनि खुवाएका थिए । त्यस क्रममा मेन्याङ्बोलाई शुभकामना दिन चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले चिल्ड्रेन हाममै औपचारिक कार्यक्रम पनि आयोजना गरेका थियो । महासङ्घका प्रदेश १ अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रम महासचिव दिनेश कोइरालाले सञ्चालन गरेका थिए । कार्यक्रममा सुनसरीभरिका चलचित्रकर्मीहरू र नाट्यकर्मीहरूका साथै मेन्याङ्बो क

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 601 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बस दुर्घटनामा १ जनाको मृत्यु २० जना घाईते

    सुनसरी/ कोशी गाँउपालिका ८ भाण्टाबरीमा बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । मृत्यु हुनेमा बसका सह-चालक सिरहा धनगढी नगरपलिका ८ का २६ बर्षिय जिवस यादव रहेका छन् । शनिवार दिउँसो १ः३० बजे को १ ख ४९८८ नम्बरको बसले ओभरट्याक गर्ने क्रममा को १ ख ६३७५ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा घाईते भएका यादवको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको हो । बस चालक सिरहा लाहान नगरपालिका ८ का अमित गुप्ता र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 863 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध सहित ३ जना पक्राउ

    बिरानगर । मोरङ र सुनसरीका दुई छुट्टाछुटै स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । शनिवार बेलुका ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका पथरी शनिश्चरे-२ का २४ बर्षिय राजु मोते भन्ने विवेक मोते बिराटनगरको १ नम्बर ढाँटबाट लुपिजेसिक ५ एम्पुल, डाईजेल्याब ६ एम्पुल, एभिल ६ एम्पुल र फेनारगन ५ एम्पुल सहित पक्राउ परेका हुन् । यसैगरी दुहबी सि.आर.भि.बाट खटिएका प्रहरी टोलीले उर्लाबारी नगरपालिका ७ का ३३ बर्षिय किरण थापा मगर र सोही स्थानका ३१ बर्षिय राम कुमार यक्चोलाई शनिवार बेलुका ७ बजे एभिल ६ एम्पुल, डाईजेल्याब ४ एम्पुल, फेनेरागन ३ एम्पुल र लुपिज

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 547 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु

    झापा/  झापाको दमक नगरपालिकामा आफ्नै श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । दमक नगरपालिका १० का राम कुमार लिम्बूको कुटाइबाट उनकै श्रीमती ४९ वर्षीय घनादेबी आचार्यको मृत्यु भएको हो । श्रीमानको कुटाएबाट गम्भीर घाइते भएकी घनादेबीको उपचारका क्रममा नोबल अस्पताल बिराटनगर पुर्याइको थियो । थप उपचार हुन नसक्ने भएपछि घर लैजाने क्रममा शुक्रबार बाटैमा उनको मृत्यु भएको थियो । कुटपिटमा संलग्न लिम्बुलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 684 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वास्थ्य सेवा सर्वसाधरणको पहुचभन्दा बाहिर

    धरान/ राज्यले गास, बास र कपासंगै स्वास्थ्य, शिक्षा र रोजगार नेपालीको मौलिक अधिकारभित्र पर्ने भनिए पनि सबै अधिकार सर्वसाधारणको पहुच भन्दा बाहिर रहेको छ ।कुनै पनि सर्वसाधारण विरामी हु“दा राज्यले सर्वसुलभ ढंगले उपचार सेवा अस्पतालबाट प्रदान गर्ने भनिए पनि धेरै सर्वसाधारण खर्चको अभावमा उपचारबाट बञ्चित हुनु परेको घट्ना धेरै सार्वजनिक भएका छन् । जटिल रोग लागेमा राज्यबाट हुने सेवा प्रदान नगरेकै कारण सर्वसाधारणले उपचार सहयोग समिति नै बनाएर उपचार गराउने गरेका छन् । राज्यले सहयोग गर्नुपर्ने यस्ता विरामीलाई परिवारले नै सहयोग समिति बनाएर उपचारको लागि पहल गर्नुले सर्वसाधारणमा स्वाथ्यको पहुच कतिक

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 882 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved