धरानमा बस चेकजाँच गर्दा ब्राउन सुगरसहित ५१ वर्षीय बस्नेत पक्राउ

  • असोज २९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरानमा सार्वजनिक बसमा सवार एक जना यात्रु ब्राउन सुगर लागूऔषधसहित पक्राउ परेका छन्।

बिहीबार बिहान ११ः२० बजे धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित प्रहरीले चेकजाँच गर्ने क्रममा बराहक्षेत्र नगरपालिका–२ निवासी ५१ वर्षीय मिलन बस्नेत पक्राउ परेका हुन्।

इटहरीबाट धरानतर्फ आउँदै गरेको सार्वजनिक बसमा सवार बस्नेतमाथि शंका लागेपछि खानतलासी गर्दा उनको साथबाट ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त पदार्थसहित बस्नेतलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

धरानको बरगाछीमा पारि ...

धरान/सुनसरीको धरान–८ बरगाछी चोकमा सामान्य पारिवार ...

धरानमा लागूऔषध मुद्द ...

धरान/ लागूऔषध मुद्दामा ६ महिना कैद र १ लाख ५ हजार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved