धरान/ लागूऔषध मुद्दामा ६ महिना कैद र १ लाख ५ हजार रुपैयाँ जरिवाना फैसला भएका फरार प्रतिवादीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ निवासी ३४ वर्षीय अमृत भनिने अपिन तामाङ रहेका छन्।
अदालतको फैसलापछि फरार रहेका तामाङलाई असोज २७ गते राति ११ः५५ बजे धरान–५ स्थित तल्लो देउराली चोकबाट अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
जिल्ला अदालत सुनसरी, इनरुवाको २०८२ माघ २२ गतेको फैसलाअनुसार लागूऔषध मुद्दामा उनलाई ६ महिना कैद र १ लाख ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ।
