भोटेकोशी बाढीपीडित बालबालिकाका लागि धरानको सिटी मन्टेश्वरीले जुटायो कपडा, जुत्ता र चप्पल

  • असोज २, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाका लागि सुनसरीको धरान–१६ स्थित सिटी मन्टेश्वरी चिल्ड्रेन हाउस तथा ट्रेनिङ सेन्टरले राहत सामग्री सहयोग गरेको छ।

विद्यालयमा अध्ययनरत बालबालिका, शिक्षक तथा कर्मचारीबाट रकम संकलन गरी बाढीपीडितका लागि आवश्यक लत्ताकपडा तथा अन्य सामग्री खरिद गरी सहयोग गरिएको हो।

विद्यालयले सञ्चालन गरेको अभियानबाट ४३ हजार ९ सय ४५ रुपैयाँ संकलन भएको थियो। सो रकमबाट ४७ जोर कपडा, २३ जोर भित्री कपडा, ४० वटा ऊनी टोपी, ५० जोर चप्पल र ६० जोर जुत्ता खरिद गरी राहतस्वरूप पठाइएको विद्यालयले जनाएको छ।

संकलित राहत सामग्री नेपाल स्काउट, कोशी प्रदेशका प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीमार्फत बाढी प्रभावित क्षेत्रतर्फ हस्तान्तरण गरिएको हो।

हाल सिटी मन्टेश्वरीमा करिब ७० जना बालबालिका अध्ययनरत छन्। विद्यालयकी सञ्चालिका ओमकुमारी राईले विद्यार्थी, शिक्षक तथा कर्मचारीको सानो–सानो सहयोगबाट बाढीपीडित बालबालिकाका लागि राहत जुटाउन सकिएको बताइन्।

बाढीबाट ठूलो जनधनको क्षति भएका परिवारका बालबालिकालाई केही राहत पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको विद्यालय परिवारले जनाएको छ।

विद्यालयले सहयोग रकम सानो भए पनि त्यसमा रहेको माया, सद्भाव र मानवताको भावना ठूलो हुने जनाएको छ। विपद्को पीडामा रहेका बालबालिकाको आँसु पुछ्न र उनीहरूको जीवनमा आशाको किरण जगाउन आफ्नो सानो सहयोगले पनि महत्वपूर्ण भूमिका खेल्ने विद्यालयको विश्वास छ।

अभियान सफल बनाउन सहयोग गर्ने अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ।

बिहानै इटहरीतर्फ जा ...

धरान/ सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ...

मोडर्न प्रिपरेटोरी स ...

इटहरी/ इटहरी ६ मा अवस्थित  मोडर्न प्रिपरेटोरी स्कु ...

ड्युटीमा रहेका प्रहर ...

धरान/ सुनसरीको धरानमा ईभी गाडीले मोटरसाइकललाई ठक्कर दिँ ...

बाँदर खेदाउँदै गर्दा ...

सुनसरी/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका&ndas ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved