इटहरीका डिक बहादुर खड्का ४० बर्षदेखि कुकुर बाँध्ने फलामे साङ्लोमा
- असोज २१, २०८१
- कोशीपत्र/संवाददाता
इटहरी उपमहानगरपालिका वडा नम्बर २० मा सुन्दा पनि आश्चर्य लाग्ने हृदय बिदारक घटना , ४० बर्ष भन्दा बढी एक मानिसलार्इ आफ्नै घरभित्र फलामको कुकुर बाध्न प्रयोग गरिने साङ्लोले बाधेर राखिएको छ ।यो अमानबिय,,गैह्र कानुनी घटना लाई राज्यले केहि गर्नु जरुरी छ ।
उपचार पाए ,उनी बोल्न सक्छ्न ।आफ्नो मान्छे चिन्छ्न।आफैसौचालय जान्छ्न ।
खान दिएको खाना आफै खान्छ्न ।पेट भरिएपछी भयो अब नखाने भन्छ्न ।
पानी खान्छु तिर्खा लाग्यो भन्छ्न । हास्न सक्छ्न ।जुन कुरा बिगतमा ४ महिना अस्पताल राखेर उपचार गरेपछी सुधार भएको प्रमाण समेत छ ।
तर परिवारले उपचार गर्न सकेन ।लापरबाही गर्यो पुन उनी साङ्लोमा बाँधिएर ज्युँदो लास भएर बाचिरहेछ्न ।सरोकार वालाको ध्यान जाओस्।उनी यो नारकिय जीवन बाट बाहिर आउन सकुन ।
(इटहरी उप-महानगरपालिकाकाे पूर्ब उपमेयर लक्ष्मी गौतमको लक्ष्मी अफिसियल युटुब च्यालनबाट साभार )