विजयपुर/ जन्मस्थल भोजपुरका र सुनसरीमा स्थायी रुपमा बसोबास गर्दै आएकाहरुको संगठन भोजपुर सुनसरी सेवा समाजले आइतबार बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट अगाडि गरिएको रक्तदान कार्यक्रममा ५२ प्रिन्ट रगत संकलन भएको आयोजकले जानकारी दिएको छ ।
आफूहरुले गरेको रक्तदानबाट प्रतिष्ठानमा आउने विरामीहरुलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिउको समाजमा सचिव भुवनसिंह बस्नेतले बताए ।
रक्तदान कार्यक्रममा धरान उपमहानगरपालिका उप प्रमुख आइन्द्र विक्रम वेघा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाल प्रतिनिधिसभाका निर्वाचन सांसद जय कुमार राई, ईलाका प्रमुख डिएसपी बुद्ध श्रेष्ठको उपस्थिति रहेको थियो ।