कार्यपालिकाको सातौ कार्यपालिका वैठक सम्पन्न: रात्रिकालीन होटल सञ्चालन गर्ने विषय प्राथमिकतामा

  • भदौ २४, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । विहीबार सम्पनन धरान उपमहानगरपालिको सातौ कार्यपालिका बैठकले धरानको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने महत्वपूर्ण एजेन्डालाई प्राथमिकतामा साथ अगाडि बढाएको छ ।

बैठकले धरानको पर्यटन प्रवद्र्धनका लागि मापदण्ड पुगेका होटल तथा बार राति १२ बजेसम्म सञ्चालनका गर्ने विषयले प्राथमिकताका उठाएको थियो । छलफलपश्चात कार्यपालिका बैंकले यसलाई सकारात्मक रुपमा लिएर धरानका लउन्ज एण्ड बार मापदण्ड अनुसार चलेका छन् या छैनन् भन्ने विषयमा अनुगमन गर्न धरान २ का वडाध्यक्ष रमेश राईको संयोजकत्वमा सात सदस्यीय मापदण्ड अध्ययन तथा अनुगमन समिति गठन भएको छ । समितिमा सदस्यमा वडा नं. १० का वडाध्यक्ष विवेक राई, वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, १६ नं. वडासमितिका वडाध्यक्ष मुरारीप्रसाद भट्टराई, कार्यपादिलका सदस्य दिनेश गजमेर, विकास भाटी, सिर्जना नेपाल रहेका छन् ।

धरानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यो एजेन्डालाई कार्यपालिकाको बैठकमा समावेश गरिएको कार्यपालिका सदस्य दिनेश गजमेरले बताए । नेपालको पश्चिममा रहेको पोखरा मापदण्ड पुगेका होटलहरु सञ्चालन भएकै कारण पोखरा नेपालकै पर्यटकीय क्षेत्र भएको बताउदै धरानलाई पनि पोखराजस्तै विकसित गर्नका लागि यो एजेन्डालाई प्राथमिकताका साथ उठाएको बताए । उनले भने–‘हामीले यो विषयलाई कार्यापालिका बैठकमा प्राथमिकताका साथ उठायौ, उठाएको विषयवस्तु सकारात्मक अगाडि बढेको छ, यसको लागि मापदण्ड अध्ययन तथा अनुगमन समिति बनेको छ, यो समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने छ ।’

उनले यो अनुगमन समितिले सुरक्षासम्बन्धी निकायसँग समन्वय गर्ने, छलफल समेत गर्ने बताए । उनले भने–‘धरानमा सञ्चालन भएका लाउन्ज एण्ड बार मापदण्ड अनुसार सञ्चालन भए नभएको अनुगमन गर्ने र सिडिओ, प्रहरी, प्रशासनसँग छलफल गर्नेछ ।’

रात्रीकालीन होटल सञ्चालनका लागि होटलमा साउन्ड पु्रफ बनाउनपर्ने, प्रदूषित रहित हुनुपर्ने, प्रशस्ता पार्किङको व्यवस्था हुनुपर्ने, होटलमा सुरक्षाको व्यवस्था हुनुपर्ने, मादक पदार्थ खाएर घर जान नसेकोलाई घर पु¥्याउने व्यवस्था, घर जान नचाहेकालाई त्यही लजको व्यवस्था गनलगायतका २२ मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।

उनका अनुसार मापदण्ड पूरा गरेका सुविधा सम्पन्न होटलहरुमा मात्र यो लागू भएपनि साधारण होटलहरुलाई भने साविककै १० बजेसम्म सञ्चालन गर्न पाउनेछन् । यसैगरी धरान ८ को सभागृहलाई व्यवस्थित बनाउने, धरान १७ दीपेन्द्र आधारभूत स्कुलको स्नरोन्ति, धरान २० विष्णुपादुकामा सावुन फ्याक्ट्री खोल्ने लगायतका निर्णयहरु समेत भएका छन् ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved