वडावडाबाट परिचयपत्र : ज्येष्ठ नागरिकलाई भने परिचयपत्र पाउनै कठिन

  • भदौ २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाल सरकारले भर्खरै प्रयोगमा ल्याएको विद्युतीय राहदानी –इ–पासपोर्ट) प्राप्त गर्न राष्ट्रिय परिचयपत्र लिन अनिवार्य बनाएपछि राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने बनाएपछि अहिले राष्ट्रिय परिचयपत्र बनाउनमा युवाको संख्या बढी छ । तर इ पास्पोर्ट मात्र हैन सरकारी कामकाज गर्दा राष्ट्रिय परिचयपत्र बनाउनै पर्ने भनिएपछि बृद्धबृद्धाहरु समेत राष्ट्रिय परिचयपत्र लिन आउने गरेका छन् । तर कागजात लगायतका समस्याले उनीहरु आजित हुने गरेका छन् ।

धरान १६ की बालकुमारी खड्का अहिले उमेरले ८९ बर्ष पुगिन । उनले पहाडे कागजबाट बनेको नागरिकतादेखि पछिल्लो समयको नागरिकतासम्म लिन भ्याइन् । अहिले फेरि उनी राष्ट्रिय परिचयपत्र लिन वडामा पुगिन् ।

जिल्ला प्रशासन कार्यालय तथा मातहतका इलाका प्रशासनबाट राष्ट्रिय परिचयपत्र फर्म भन्ने प्रावधान भएपनि सर्वसाधारणको सहजताको लागि वडावडाबाट फर्म भर्ने काम भइरहेको छ । तर यस्ता जेष्ठ नागरिकहरुलाई भने समस्या हुने गरेको छ । खड्कालाई राष्ट्रिय परिचयपत्र बनाउन चाहिने डकुमेन्टबारे केही ज्ञान छैन । ज्ञानै भएपनि कतिपयसंग डकुमेन्ट हुदैन । लामो समयदेखि धरान बसेर छोराछोरीको विवाह दान समेत गरिसकेकी उनलाई कागजात नभएकै कारण राष्टि «यपरिचयपत्र बनाउन सकस भएको छ । उनीसँग कुनै डकुमेन्ट नभएको उनको भनाई छ । उनले भनिन्–‘मलाई के के चाहिन्छ थाहा छैन, कसैले भनेनन्, सबैले बनाउनै पर्छ भनेर आएकी छु, बनिएकै छैन ।’

कतिपय ज्येष्ठ नागरिकले भने डकुमेन्ट हँुदाहुँदै डकुमेन्ट के के चाहिने हो भन्ने कुरामा अनविज्ञ हुदा समस्या हुने गरेको छ । यसले गर्दा एक पटक हुने काम पटक पटक धाउनुपर्ने अवस्था हुन्छ । ८१ बर्षीय कुलबहादुर एभेङले समेत यस्तै समस्या भोग्नुपरेको बताउछन् । उनी भन्छन्–‘मलाई त नागरिकता चाहिन्छ भन्ने नै थाहा थिएन, यहाँ आएपछि थाहा भयो, त्यतिकै दुःख पाएँ ।’

सरकारले नागरिकको तथ्यांकलाई कम्प्युटरराइज गर्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउनुपर्ने प्रावधान ल्यायो । तर युवा युवतीको हकमा परिचयपत्र बनाउन सहज भएपनि ज्येष्ठ नागरिकको हकमा भने समस्या भएको छ । राज्यकै नागरिक भएपनि ज्येष्ठ नागरिकसँग डकुमेन्ट नहुने, भएका डकुमेन्ट पनि च्यातिएको नम्बर अंक नदेखिने लगायतका समस्याले उनीहरु हैरानी व्यहोर्नु परेको छ ।

परिचयपत्र बनाउन सहज होस् भनेर वडावडामा फर्म भर्ने गरिएको छ । तर पनि कागजात नभएका ज्येष्ठ नागरिकका लागि भने असहज भएको छ । नेपालकै नागरिक भएपनि डकुमेन्ट पुरानो भएर नचिनिने, च्यातिने जस्ता समस्या भएका कारण समस्या भएको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । उनले भने–‘हामीले ज्येष्ठ नागरिकलाई दुःख दिने नियत लिएका छैनौ, समस्या भएका ज्येष्ठ नागरिकको समाधानका लागि हामी लागिरहेका छौं ।

यस्तै भनाई धरान १६ का वडाध्यक्ष मुरारी भट्टराइएको छ । उनले कतिपय ज्येष्ठ नागरिकलाई आफ्नो जन्म मितिसम्म थाहा छैन । उनीहरु यहा आउदा पहिरो गएको बर्ष जन्मेको, भूकम्प गएको बर्ष जन्मेको लगायतका कुरा राख्ने गर्छन्, यसले ज्येष्ठ नागरिकलाई परिचयपत्र लिन समस्या भएको उनी सुनाउँछन् । उनी भन्छन्–‘उनीहरु नेपाली नागरिक हुन्, उनीहरुलाई सहज रुपमा राष्ट्रिय परिचयपत्र दिनुपर्छ, यस्तो समस्या भएकाको सच्याएर भए पनि बनाइदिनुपर्छ ।’

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved