सामाजिक सञ्जालले उचालेको धरानको चर्चा

  • भदौ ५, २०७९
  • दिनेश गजमेर
alt

देशै भरिमा धेरै चर्चा छ त धरानकै छ । स्वतन्त्र मेयर भएकाले पनि चर्चा छ, उनले गरेको कामहरुको पनि चर्चा बढेको बढ्यै छ । अझ नेकपा एमाले लाई पनि उनी सँगै जोडेर थप चर्चा चुलिएको छ । त्यो सँगै नेकपा एमालेको पनि चर्चा भने कम छैन् । एकातिर स्वतन्त्र मेयरलाई नसघाएको भन्दै चर्चा छ, अर्को तिर कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित भएका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको शैलिको पनि चर्चा छ ।

चर्चाले दुवै पक्षलाई केही न केही सहयोग पु¥याएकै छ । स्वतन्त्रबाट निर्वाचित भएका मेयर हर्कराज राईलाई देश तथा विदेशमा पनि चर्चित बनाएको छ । नेकपा एमालेलाई धरानमा मेयरको प्रमुख प्रतिपक्षी भनेको एमाले मात्रै रहेछ, अन्य पार्टी रैनछन् भन्ने चर्चाले आम नागरिकमा चर्चा गर्ने विषय बनाइदिएको छ ।

सामाजिक सञ्जालकै कारण अहिले धरान देश तथा विदेशमा चर्चाको शिखरमा छ । सामाजिक संञ्जालकै प्रयोगबाट धरान उपमहानगरपालिकाको मेयरमा हर्कराज राई विजयी भएका हुन् भन्दा फरक नपार्ला । सत्य पनि यही हो । हजारौंको संख्यामा आफ्ना कार्यकर्ता छन् भनेर दावा गर्ने एमाले होस, वा कांग्रेस दुवै पार्टीलाई भारी मतले हराउँदै विजयी भएका हुन् । उनको अझै पनि दह्रो हतियार भनेकै सामाजिक सञ्जाल नै हो । उनले गरेका हरेक कामहरु वा उनको योजनाहरु सामाजिक सञ्जाल मार्फत नै आम नागरिक सम्म पु¥याउछन् ।

सञ्चारको विकाशक्रम सँगै पछिल्लो समय आफ्ना विचार वा सिर्जनशीलता आदानप्रदान गर्न प्रयोग गरिने माध्यम सामाजिक सञ्जाल भएको छ । अहिले सामाजिक सञ्जालको प्रयोग र विकासले समाजका राजनैतिक, सामाजिक लगायत विभिन्न आयाम र पक्षहरुका पूराना मान्यताहरुलाई भत्काउँदै नयाँ सोचमा व्यापक फैलावट पनि भएको छ ।

पछिल्लो समय अनलाइन सञ्चारको प्रभाव बढी छ । तर यसमा भइरहेको विकासक्रमले सूचनाको विश्वसनियता र तटस्थता माथि पनि उत्तिकै प्रश्नहरु उठाइरहेको छ । सामाजिक सञ्जालको प्रभाव त अझै बढी छ, त्यसको उदाहरण देश विदेशमा भइरहेको धरान उपमहानगरपालिको चर्चालाई नै लिन सकिन्छ ।

सामाजिक सञ्जालले सकारात्मक परिणामका असल उदाहरण पनि प्रस्तुत गरिरहेको छ भने गलत उपयोगले निम्त्याएको परिणाम पनि समाजमा देखिनै रहेको छ । सामाजिक सञ्जालको नकारात्मक प्रयोगले व्यक्तिको आत्मसम्मानमा ठेस पुग्नेगरी विषयहरु आउनु, गोपनिय रहनुपर्ने कतिपय कुराहरु छताछुल्ल सार्वजनिक भइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगको सही उपयोग हुन नसक्दा अथवा अराजक गतिविधि गर्ने मानसिकताको कारण सामाजिक विचलन ल्याउन सक्ने खतरा पनि उत्तिकै छ । सामाजिक सञ्जालको अभ्यासले आम नागरिकलाई सत्य र सही सूचनाबाट वञ्चित तुल्याउने र नियोजित ढंगबाट भ्रमपूर्ण अभ्यासको माध्यम बनिरहेको देख्न सकिन्छ ।

यसका उदाहरण धरानकै चर्चाबाट पेश गर्न चाहन्छु, वैशाख ३० गते सम्पन्न निर्वाचनमा स्वतन्त्रको तर्फ बाट मेयरमा निर्वाचित हुनु भएका हर्कराज राई र राजनितिक दलहरुबाट निर्वाचित पदाधिकारीहरु बिच भएको सम्बन्ध । उनलाई राजनितिक दल विशेष गरि नेकपा एमालेका जनप्रतिनिधीहरुले असहयोग गरेको भन्ने चर्चा । उनी निर्वाचित हुँदै गर्दा नै उनको मनमा राजनितिकदलहरुले सहयोग गर्दैनन् भन्ने भय थियो । जसको कारण उनले बैठकहरुलाई लाईभ गर्ने निधो गरे र प्रत्येक कार्यपालिका बैठकहरु पत्रकारहरुलाई लाइभ गर्ने छुट दिए । अनि शुरु भयो धरानको चर्चै चर्चा ।

म पनि धरान उपमहानगरपालिकाकै कार्यपालिका सदस्य भएकोले पनि दाबी गर्दछु, सामाजिक सञ्जालमा आए जस्तो मेयर राई र अन्य जनप्रतिनिधीहरु बिच कुनै तित्तता, असहयोग कहिले पनि भएको छैन् र थिएन पनि । सामाजिक सञ्जालको अराजक प्रयोगले मेयर र अन्य जनप्रतिनिधी बिच विचलन ल्याउन खोजेकै हो । एजेण्डा माथि छलफल गर्दा उपमेयरको प्रस्तुती शैलिमा चित्त नबुझ्दा जनप्रतिनिधीको शैलि पनि फरक देखियो तर मेयरलाई नै असहयोग गरौं भन्ने मनसाय कदापि थिएन । तर त्यसलाई सामाजिक सञ्जालबाट जनप्रतिनिधीको मात्रै बाइट काटेर अतिरञ्जित गरियो, जसले गर्दा आम नागरिकमा मेयरलाई असहयोग गरे जस्तो भान भयो, यता युट्युब प्रयोगकर्ताले आफ्नो कमाईको माध्यम बनाए ।

कार्यपालिकाको पहिलो बैठकले देखिनै मेयर तथा जनप्रतिनिधीहरुले ल्याएका राम्रो एजेण्डाहरुको निर्णयलाई छायाँमा पार्दै नराम्रा कुराहरुलाई अफवाहको रुपमा फैलाउने काम सामाजिक सञ्जालहरुमा भए । जसले गर्दा धरानको विकाश र गरिनु पर्ने राम्रा कामहरुमा ढिलाई हुँदै गएको छ । मेयर राई आफै पनि सामाजिक सञ्जाललाई चर्चाको माध्यम बनाउन खप्पिस छन् । यसको उदाहरण पछिल्लो समय उनको सामाजिक सञ्जालमा पोष्ट भएका उनका विचारहरु बाटै पनि स्पष्ट हुन्छ ।

मेयर राईले बारम्बार राजनितिक दलको असहयोग गरेको जस्तो लाग्दैन भनिरहँदा पनि राजनितिक दलहरु प्रति सामाजिक सञ्जाल मार्फत प्रहार भैरहे । युट्युबमा भिउअर्स बढाएर डलर कमाउने तर्फ आकर्षित हुँदा अहिले धरान चर्चामा रहेको छ । त्यती मात्रै नभएर मेयर राईले गरेका हरेक कामहरुलाई सत्य तथ्य नबुझी सामाजिक सञ्जालमा सार्वजनिक गर्ने चलन बढ्दै गएकाले पनि सहि र गलत नै बुझाउन सकिरहेको छैन् ।

बैठक भन्ने बित्तिकै एजेण्डाहरु माथि छलफल बहस गर्ने थलो हो । त्यसमा पनि स्थानीय सरकारको बैठक धरानको समग्र विकाश र हित सँग जोडिएको हुन्छ । तर त्यसलाई बङग्याउन सामाजिक सञ्जालको प्रयोग गर्दा समग्र धरान प्रतिको धारणानै बदलिदै गएको छ । एजेण्डाहरु माथि छलफल र बहस गर्दा लाईभ गर्न उपस्थित भएका पत्रकार भनिएका युट्युब संचालकहरुले जबरजस्ती मेयरलाई असहयोग गरेको भन्दै जनप्रतिनिधीहरुलाई गलत सावित गरिदिएका छन् ।

सामाजिक सञ्जाललाई एकअर्काको विरुद्धमा प्रयोग गर्ने, बदनाम गर्न खोज्ने, अनावश्यक टिकाटिप्पणीको थलो बनाउन खोज्ने, अमर्यादित गालीगलौजमा उत्रिने, अशिष्टता प्रदर्शन गर्ने, समाज र राष्ट्रलाई हानी गर्ने कुरा शेयर गर्नेजस्ता गलत क्रियाकलापले नयाँ पुस्तालाई दिग्भ्रमित, चेतनाशून्य र दिशाहीन अवस्थामा पुर्याउन सक्ने कहालीलाग्दो अवश्था तर्फ समाज बढ्दै गएको छ ।

पछिल्लो समय पत्रकारिताको नाममा युट्युब संचालकहरु बढ्दै गएका छन् । पत्रकारिताको मर्म र मान्यताको बर्खिलाप गर्दै युट्युब संचालकहरु सामाजिक सञ्जाललाई माध्यम बनाएका छन् । जसलाई आधार मानेर आम नागरिकहरुले धारणा तय गर्दैछन् । जसले गर्दा नागरिकले थाहा पाउनु पर्ने सत्य तथ्य बाहिर आउन सकिरहेको छैन् । नराम्रो कुराहरुलाई मात्रै प्रमोशन गरिएको छ । पत्रकारिताको धर्म नकारात्मक सुचना मात्रै प्रवाह गर्नु हो र ? यसमा स्थापित पत्रकारहरु पनि संलग्न हुनुले पत्रकारिता कुन दिशा तर्फ जादैछ, भन्ने विषय सोचनिय बनेको छ । (लेखक धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य हुन्)

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved