स्थानीयतह निर्वाचन विषेश: “धरानको माटोले मलाई माग्यो”

  • बैशाख १, २०७९
  • कोशीपत्र/संवाददाता
alt

विद्यार्थी राजनितिबाटै राजनितिक जीवन शुरु गरेका विजय राईको नाम वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरको पदमा सिफारिस भएका छन् । धरान उपमहानगरपालिकाले मेयर पदका लागि ११ जनाको नाम सिफारिस गर्दा विजय राई पनि छन् ।
२०२७ सालमा जन्मिएका राईले व्यवस्थापन संकायबाट एमबीए र राजनितिशास्त्रमा एम ए र १ वर्षे बिएड गरेका छन् । २०४१ सालमा कक्षा ८ मा अध्ययन गर्दै गर्दा मोरङको बाहुनीमा रहेको जनता मा.वि बाट अनेरास्ववियु प्रारम्भिक कमिटि बाट सुरु गरेका थिए । अहिले उनि नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र १ (ख) का इञ्चार्ज हुन् । अघिल्लो उपनिर्वाचनमा पनि मेयर पदका लागि उनको नाम सिफारिस गरिएको थियो । अहिले पनि उनी सिफारिसमा परेका छन् । धरानमै विद्यार्थी जिवन बिताएका राई स“ग स्थानीय तहको निर्वाचनको सेरोफेरो सहित धरानको विकाश सँग जोडिएर कोशीपत्र दैनिकका संजोगबाबु दाहालले गरेको कुराकानीको सम्पादित अंशः

 ● धरानको मेयर पदका लागि सिफारिस हुनुभएको छ, तपाईको मेयर बन्ने आधारहरु के ?
– म धरानमा आवश्यक छु भन्ने पार्टीले बुझेको छ । हिजो हाम्रो क्षेत्रका रुपमा रहेको धरान उपनिर्वाचनमा प्राविधिक कारणले हामीले गुमायौं । त्यतीबेला पनि मैले धरान उपमहानगरपालिको बागडोर सम्हाल्ने खोजेको हुँ । त्यती बेला प्रकाश राईले पाउनु भयो । अब अहिलेको सन्र्दभमा कुरा गर्दा म पार्टीको इमान्दर र कृयाशील सदस्य जो पार्टीको गतिविधिमा कृयाशिल छु । सबै कुरा त्यागेर पार्टीमा लागेको छु । म कुनै व्यापार व्यवसायमा लागेर पार्टीमा आएको पनि हैन । अब पार्टीको एउटा इमान्दार सिपाहीले मेयरमा आफ्नो नाम उठाउनु कुनै अचम्म मान्नु पर्ने कुरा हो जस्तौ लाग्दैन । यो स्वाभाविक हो । जहाँ सम्म म किन उम्मेद्वार भन्ने विषयमा धरानको प्राकृतीक सिद्धान्त, यहाँको भौगोलिक अवस्था, वस्तुगत स्थिति, यहाँको वास्तविक स्थिति हेर्दा मेरो उम्मेद्वारी त्यसै पनि आवश्यक छ । अझ एक शब्दमा भन्नु पर्दा धरानको माटोले मलाई माग्यो, यहाँको आम कार्यकर्ताहरुले मात्र हैन यहाँ माटोले पनि मेरो आवश्यकता माग्यो । सबै कार्यकर्ताहरु न्यूनतम सामाजिक न्यायको पक्षमा हुदैनन् । कार्यकताहरु काहीँ न काहीँ नेता संलग्न पनि छन् नेताबाट विभक्त पनि छन् । तर, मेरो पक्षमा त्यो हैन् ।

● आफूले टिकट पाउँनेमा तपाईको कति को ढुक्क हुनुहुन्छ ?
– यस्तो हुन्छ नपाउन्जेल सम्म ढुक्क भन्ने त हुँदैन् । यति बेलामा हाम्रो पार्टीलाई चारै तिरबाट घेरावन्दीमा पारेर प्रहार भइरहेको छ । नेकपा एमाले बहुदलीय व्यवस्थामा विश्वास गर्ने पार्टी हो । हामी जनताको मन जितेर चुनाव जित्ने र हाम्रो कार्यक्रमहरु लागु गर्ने हाम्रो योजना हो । यसका लागी हामीले स्थानीय तह, प्रदेश, संघ सबै स्थानमा जित्नु पर्छ । त्यसका लागी पार्टीले जित्ने बलियो उम्मेद्वार खडा गर्छ त्यसमा म अरु भन्दा अब्बल छु त्यसकारण म विश्वस्त छु ।

● एकातिर पाँच दलीय गठबन्धन, एमाले एक्लै कसरी सामना गर्नुहुन्छ ?
– व्यक्तिमा केही त होला तर चुनावमा म मात्र एक्लो छुइन । हाम्रो पार्टी नेकपा एमाले छ । अहिलेको गठबन्धनलाई ५ दलीय गठबन्धन मात्र नभनौं महा गठबन्धन भनौं किन भने अरु साना तिना दलहरु पनि मिलेर हामी विरुद्ध आउने तयारीमा छन् । हाम्रो जित्ने पहिलो आधार भनेको हाम्रा संगठनहरु चलायमान छन् । गठबन्धनमा आएकाहरुलाई हामी सहजै पराजित गर्नु सक्छौं, उनिहरु हाम्रो प्रतिस्पर्धामै आउन सक्दैनन् । अपवाद नेपाली कांग्रेस बाहेक अरुदलहरु एक्ला एक्लै हामी सँग लड्ने हो भने त उनिहरुको जमाना जफत नै हुन्छ । हाम्रो जित्ने अर्काे आधार साढे तीन वर्षसम्म केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले गरेको कामको आधारमा देशभर लोकप्रिय छ त्यसैले पनि हाम्रो जित सुनिश्चित छ ।
अर्को मेरै विषयमा रहेर कुरा गर्नु हुन्छ भने धरानका मानिसहरु अन्य ठाउँका भन्दा बढी शिक्षित छन् चेतनशिल छन् उनिहरुले हेर्दा पनि अरुको भन्दा बढी उम्मेद्वारी मजबुद देखिरहेका छन् । पार्टी भित्रका मतदाता मात्र नभएर पार्टी इतर र स्वतन्त्र रहेका धराने जनताहरुले पनि मलाई खोजिरहेको मैले बुझेको छु ।

● धरानमा भएका विकासका चुनौतिहरु सँग कसरी सामना गर्नुहुन्छ ?
धरानलाई कसरी विकास गर्ने भन्ने योजना त हाम्रो पार्टीको घोषणा पत्रमा आउँछ । धरानमा यावत समस्याहरु छन् । ती समस्याहरुलाई प्राथमिकताको आधारमा समाधान गर्छु । जो जो साथीहरु धरानमा मेयरको आकांक्षी बन्नु भएको छ वहाँहरु धरानमा काहीँ न काहीँ प्रयोगमा परिसक्नु भएको छ । म मात्र यस्तो उम्मेद्वार हु ‘अनटेस्ट” छु । धरानमा विभिन्न समस्याहरु छन् धरानलाई हामीले समृद्ध धरान निर्माण गर्नु पर्छ भनेर हामी लागेका छौं । हो त्यो समृद्ध बनाउन जे जे कुराहरु त्यस भित्र पर्छन् त्यो काम गर्न म अरु भन्दा म बढी बलियो छु जस्तो मलाई लाग्छ । खानेपानिमा राजनिति, सडकमा राजनिति, वसपार्कमा राजनिति छ म त्यो बन्द गर्छु । धरान अहिले बसी खाने शहरको रुपमा छ, बाहिर बाट पेन्सन खाएर रिटार्यड शहर जस्तो छ । त्यस्तो हैन यसलाई आत्मनिर्भर शहर बनाउनु पर्छ त्यसमा लाग्छु । यही रोजगरी सृजना गरेर धरानलाई स्मार्ट सिटीको रुपमा विकास गर्न म सबै काम गर्छु । अहिलेको बहालवाला मेयरले चुनावको बेलामा धेरै कुरा गर्नु भएको हैन् ? खोइ के गर्नु भयो त देखिने काम ? धरानको विकास गर्न धरानको पैसाले मात्र पुग्दैन, प्रदेश सरकार, संघीय सरकारसँग हातेमालो गर्नु पर्छ त्यस कामको लागी म अरुभन्दा बढी प्रयत्न गर्न सक्छु भन्ने मलाई लाग्छ ।

● एमालेकै नेतृत्व रहँदा उपनिर्वाचनमा मेयर गुमाउनु प¥यो, काम भएन भनेर धेरै विवादीत पनि भयो नि ?
हाम्रो नेतृत्व हुँदा काम नै नगरेको भन्ने चै हैन् । कामहरु भएका छन् । सोचे जस्तो काम भएन छ कि भन्ने चै हो । किन भने उपचिर्वाचनको परिणामले पनि त्यो देखायो । उप निर्वाचनमा हार भोग्नुको कारण चै त्यो मात्र पनि हैन् । यदी त्यस्तो समिक्षा गरियो भने एकाकीं हुन्छ । त्यसमा हामी सबै दोषी छौं । चुनावको समयमा पार्टीले जसरी कार्यकर्ताहरु परिचालन गर्नु पर्दथ्यो त्यो भएको चै मैले पनि देखिन । किन भने हाम्रो साथीहरुको बिचमा दम्भ थियो । धरानमा यसैपनि चुनाव जितिन्छ विगतमा पनि जीतेको हो भन्ने थियो । माओवादी केन्द्रसँग पनि एककीकरण भएको छ, एक्लै लड्दा ५ हजार बढी मतले विजय भएको ठाउँमा माओवादी केन्द्रको थप १० हजार थपियो भनेर हामी ढुक्क भयौं । त्यसकै आडमा हामी अलि बढी हौसियौं जस्तो लाग्छ मलाई । म पनि प्रदेश सदस्य भएको नाताले पार्टी पराजित हुँदा त्यसको भागीदार म हुनु पर्छ म त्यसको दोष लिन तयार पनि छु । त्यसबेला अलिकति त हाम्रो पार्टीमा गुटबन्दीको प्रभाव थियो । एकले अर्कोलाई पुरै भित्तामा पु¥याउनु पर्छ भन्ने पनि थियो त्यसकारण पनि जसरी कार्यकर्ता नेताहरु परिचालन हुनु पर्दथ्यो त्यो भएन चुनाव हारियो ।
अर्काेकारण भनेको जहीले पनि धरानमा एमालेको विजयी भएको ठाउँ हो जनातले एक पल्ट स्वाद फेरौंन भन्ने लागेर पनि अर्काे पक्षलाई विजयी गरायो तर अहिले मतदाताले कुरा बुझे एमाले भन्दा अर्काे पक्षले धरानमा काम नगर्ने रहेछ त्यसकारणले आउँदो चुनावमा नेकपा एमालेलाई मतदान गर्न आतुर छन् ।

● अहिलेको उपमहानगरको नेतृत्व सँग सन्तुष्टी कति को छ ?
मेयर तिलक राईले के गर्नु भयो र सन्तुष्ट हुनेखालको काम । धरानको खानेपानिको समस्या समाधान गर्छु भन्नु भएको हैन् ? खै काँहा हरायो धरानको खानेपानि ? साँचै भन्ने हो भने मेयर तिलक राईले सिन्को पनि भाँच्नु भएको छैन । वहाँको दैनिकी कसरी बितिरहेको छ त भन्दा दैनिक कार्यालय आउनु हाजिर गर्ने त्यो बाहेक त केही भएको छैन् । तपाईहरुकै मिडियाबाट सुन्छौं द्रब्यलाभमा मात्र लागे भनेर । घर बनाउन बाहनामा सखुवाको रुख काटेको हैन् ? मेयरले त्यो गर्न मिल्छ ? सडक बनाउँदा बिचमा रुखमा पर्दा त त्यसलाई जोगाउनु खोजिन्छ अनि मेयरले चै घरबनाउन भन्दै रुख काट्ने हो त ?
● पार्टी फुटले निर्वाचनमा कतिको प्रभाव पर्छ ?
पार्टी फुटेकै छैन नि । केही साथीहरु रिसाएर जानु भएको हो । हिजो ५४ सालमा वामदेवको नेतृत्वमा पार्टी फुटेर जाँदा ५० प्रतिशतको हाराहारीमा साथीहरु जानु भएको थियो । संविधानमा भएको ४० प्रतिशत केन्द्रीय कमिटी वा सांसद भनिएको ठाउँमा पछिल्लो समय अध्यादेश मार्फत २० प्रतिशतमा ल्याएर जालझेल गरेर बनाइएको समूहमात्र हो । पार्टी हुन त यो स्थानीयतहको चुनावमा, प्रदेश, संघीय चुनावमा जीतेर राष्ट्रिय पार्टी भयो भने चै पार्टी हो । तर अहिले केही साथीहरु आफुले भने जस्तो नभएर जानु भयो र धरानका एक दुई जना साथीहरु पनि कुरो नबुझेर जानु भएको हो मलाई लाग्छ यही चुनावमा वहाँहरु फर्केर आउनु हुनेछ । अलमलमा परेर गएका साथीहरुभन्दा हजारौं साथीहरु पार्टी प्रवेश गर्नु भएको छ त्यसैले त्यस्तो केही असर पर्दैन् ।

● धरानमा तालमेलमा चुनाव लड्ने सम्भावना कतिको छ ?
आवश्यकता अनुसार हामी गर्न सक्छौं । अनौपचारिक रुपमा कुराहरु आइरहेका छन् । तर एकृकीत समाजवादीसँग कुनै पनि हालतमा हामी तालमेल गर्दैनौं । कम्युनिष्ट पार्टी भनेर आफ्नो महाधिवेशनमा दस्तावेज पेश गर्ने समाजवादको यात्रा भन्ने अनि काँग्रेस सभापतिको शेर बहादुर देउवाको टाँङ मुनि पसेर समाजवादको यात्रा हुन्छ । त्यसैले हामी त्यस्ता पार्टीहरु सँग तालमेल गर्दैनौं । केपी शर्मा ओलीले देशलाई प्रतिगमन तिर लगे भन्नेहरुको अग्रगमन यहीँ हो ? ७ वटा मन्त्रालय टुक्राएर १४ वटा पुगिसक्यो ।

● मेयरमा टिकट नपाउँदा पार्टीनै छाड्ने चलन पनि छ, तपाई चै के गर्नु हुन्छ ?
नेकपा एमालेमा रहेका साथीहरु सबै पार्टीको सिद्धान्त विचार बुझेर आएका होइनन् । आफुले भनेका नहँुदा कोही साथीहरुले त्यसो गर्नु भयो होला त्यो सबै तिर हुन्छ । एमालेमा भन्दा बढी अरु पार्टीमा त्यस्तो देखिन्छ । मेरो सन्र्दभमा कुरा गर्दा कम्युनिष्ट आन्दोलनमा आफ्नु जीवन बिताएको छु टिकट पाइन भनेर म पार्टी छोडेर अन्त जाने कुरा कल्पना पनि गर्न सकिन्न् पार्टिको काममा फर्कन्छु । टिकट पाउँदा एकजनाले पाउने हो हामी ११ जना आकांक्षीहरु छौं । १० जनाको हात खालि हुन्छ, केही खल्लो त होला । अपेक्षा गरेको कुरा नहुँदा तर पार्टी छोड्ने कुरा कल्पना भन्दा बाहिरको कुरा हो । टिकट मैले नपाएर अरुले टिकट पाउँदा पनि पार्टीलाई विजयी गराउन अग्रपंक्तिमा म आउँछु ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved