"देख्दा मात्रै पनि सुकुन मिल"

  • श्रावण २८, २०७७
  • दिपशिखा भारद्वाज
alt

महिनौं को पर्खाइ र सबै संग को लडाई जितेर आएको यो दिन। कहाँ जाने, के गर्ने सारा को बेवास्ता गर्दै, ध्यान त्यो रूप बाट डगमगाएको छैन।
कसैको दिदार को लागि तड्पी रहेका यी नयन,त्यो रूप आँखा अगाडि पाउँदा मिल्ने त्यो उत्साह को कल्पना मा पुलकित रहेको मन, बगैंचा को विशिष्ठ फूल मा सूर्य को किरण परे झै धपक्क बलेको मुहार, कसैको सामु पर्न छटपटाई रहेको यो अन्तःकरण, र त्यो सुमधुर बोली सुन्न आतुर यो कान।हर्ष को तरंग, थोरै हतार र थोरै डर ले चटपट भाव अभिव्यक्त गरिरहेको मुखमण्डल। आफ्नै कल्पना संग लजाएर लाज को घुम्टो तल दबिएको अधर को मुस्कान।

आफूलाई सम्भल्दै यात्रा अब आरम्भ गर्नु छ, कल्पना मा रहेको यी कुरा सार्थक पनि त गर्नु छ। घरमा सबै को अनुहार मा आश्चर्य छाएको छ, पहिला कहीं जान यति जिद र यस्तो उत्साह कसैले देखेको थिएन।मन भरी प्रश्न दबाएर, मेरो जिद को सामु केही नलागेर पाएको त्यो इजाजत लिँदै म घर बाट हिडेँ।
गाडी हिँडिरहेको छसझ्याल बाट हेर्छु, बाटो का वृक्ष हरु ले मलाई ,'धैर्य गर,बस् केही क्षण अब' भनेर गिज्याए झै देख्छु। ती चरा हरु ले मेरो खुशी बुझेर मलाई जिस्क्याउन गीत गाएझै सुन्छु। म पनि लजाएर हास्न खोज्छु,फेरि दात ले ओंठ को कुना टोक्दै खुम्चिन लागेका गाला लाई त्यही रोक्छु।

किन लामो लाग्दैछ आज यही दूरी पनि। आखिर कति बेर टिक्न सक्थ्यो र हामी बिच, अब बस् केही पाइला भित्र सार्नु त छ, त्यो रूप पक्कै त्यही प्रकाश फैलाउँदै होला। अथाह उल्लास, बढेको धड्कन, रातो ,ज्वालामुखी झैस खुशी लाभा बनी बग्नै लागे झै गाला लि भित्र प्रवेश गर्न साथ देखिए केही ज्ञात र केही अज्ञात चेहरा हरु,तर आँखा अझै दौडी रहेछ, मानौं कुनै विशिष्ट चेहरा को खोजी मा छ।

म आकाश सम्म त पुगे, तर मेरो चन्द्रमा भेटिन अनि छेउ छाऊ का तारा हरु ले मेरो बेचैनी देखि मलाई व्यंगात्मक प्रहार गरे,' तेरो चन्द्रमा त अर्कै आकाश मा प्रकाश फैलाई रहेछस केही समय पछि नै तेरो सामु आउँछ' म आकाश सम्म पुगेकी थिए, निकै लामो यात्रा गरी तर क्षण भर मै पुन जमीन भन्दा मुनी धसे।त्यो बिहान देखि को हर्ष भन्दा पीडा को तौल सयौं गुना ले बढ्यो,र त्यसै औसत मा रिस पनि।
निराश,प्राण छुट्न मात्र बाकी जिउँदो लास सरह , प्रतिक्रिया विहिन रूप मा त्यतै कहीं कुना मा बढारेर राखेको कसिंगर झै बसिरहे म।

त्यो भीड त्यहाँ को तारा मै माग्न थियो तर मलाई मेरो चन्द्रमा को कमी ले खल्लो लागि रहेको थियो। ती सुन चाँदी को झंझनाहाट बीच म सुमधुर कोहिनूर को ताल सुन्न व्याकुल थिए। अब अझ केही क्षण सम्म पनि मेरा आँखा ले त्यो रूप ले आफूलाई सेक्न नपाए,दृष्टि नै गुमाउलन झै,कान पनि त्यो सुमधुर ध्वनि सुन्न नपाए श्रवण शक्ति नै गुमाउलान झै गरी रहेथे। विचरा मन१ ऊ त पहिलै, निराश रूप मा झोक्राई रहेको थियो।

रिस उठी रहेको थियो मलाई त्यहाँ हास्ने,अनि आफन्त भेट्दै मुस्कान साट्ने हर कोही संग। तर के गर्नु आफ्नो रिस आफैलाई पोख्ने बाहेक अरु केही उपाय थिएन म संग। रिस शान्त गर्न खोज्दै,लामो स्वास लिदैं आफ्नो जगाह बाट उठेर, ढोका तर्फ बढ्न लागे म।त्यही बेला एउटा गाडी त्यसै प्रांघन भित्र प्रवेश गरी रहेको थियो,मेरो आँखा त्यसको नम्बर प्लेट मा गै हाल्योस सोचेको नम्बर थिएन।कोही निकली रहे थियो त्यहाँ बाट, मलाई बाल, मैले हेरिन!

तर क्षण पनि व्यतीत नहुँदै मेरा आँखा मानेन र म त्यो गाडी को ढोका तर्फ पुन फर्किए,
' अरे! मेरो चन्द्रमा '
त्यो रूप देख्न साथ नयन रसाईहाले, अब अगी को पीडा भन्दा हजारौं गुणा बढी आनन्द को अनुभूति भै रहेको थियो। त्यो हर्ष को तेज लाई आफू भित्र बाट छल्किन नदिन मलाई धौं धौँ परी रहेको थियो। उसका आँखा पनि म मा आएर रोकिए, मानौं मलाई नै खोजी रहेथेस मन को लड्डु घिउ संग खाइहाले।
सब्द साट्न पाइन त्यो वखत तर पनि म तृप्त थिए। रोक्न सकिन ,ओँठ आफै मुस्काए।
अब त त्यहाँको माहोल र ती तारा हरु भन्दा मेरो चन्द्रमा र मेरो मुहार धेरै प्रकाशमान थियो। अब त सारा संसार नै अन्धकारमय भएपनि मेरो चन्द्रमा को नुरमय स्वरूप र ऊ बाटै प्रकाश लिएकी म जूनकीरी ले सारा जगत नै जगमग पार्छौ भन्ने घमण्ड बोकी, त्यो रूप ले मेरो प्रेम लाई पुन तातो पार्दै,म त्यही रोकिए र प्रेमसागर मा डुवेको त्यो दिल मै बोले,ू देख्दा मात्र पनि सुकुन् मिल्छू।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved