सुनसरी/ तरकारीको आवरणमा ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले सुनसरीको इनरुवाबाट दुई जनालाई पक्राउ गरेको छ काउली बोकेको ट्रकमा लुकाएर लैजाँदै गरिएको अन्दाजी २ हजार ४९० किलो गाँजासहित चालक र सहचालक पक्राउ परेका हुन्। बरामद गाँजाको आधिकारिक परिमाण भने तौल लिएपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ। इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकमा प्रहरीले गरेको चेकजाँचका क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकबाट ८३ बोरा गाँजा बरामद भएको हो। सोमबार बिहान करिब १२ः४५ बजे ट्रक रोकेर जाँच गर्ने क्रममा काउलीको बीचमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको सुनसरी प्रहरीका निमित्त सूचना अधिका
पानवारी/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ६ पानबारीमा रहेको निसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा आज( आइतबार) सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभा सभ्य र भव्य रुपमा सम्पन्न भएको अध्यक्ष शिव कटवालले कोशीपत्रलाई बताए । प्रमुख अतिथी कोशी प्रदेशका प्रदेश सभा सदस्य एवम् संस्थाका सल्लाहकार रमेश कुमार बस्नेत रहेको थिए । उनले साधारण सभाको उदघाट्न गरेका थिए भने प्रमुख अतिथीको तर्फबाट मन्तव्य राख्दै संस्थाको अझै उन्नती र प्रगतीको शुभकामना दिदै धरानका लागि महत्पुर्ण रहेको बताएका छन् । त्यसगरि साधारण सभामा ६ नं.वडाका कार्य वाहक वडाध्यक्ष राजेन्द्र न
फिदिम/ पाँचथरको फिदिम नगरपालिका–१ शनिबारेबाट प्रहरीले ठूलो परिमाणमा ट्रामाडोल र स्पास पेन प्रो ट्याब्लेटसहित चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा TRAMADOL १ हजार २ सय ७० ट्याब्लेट र SPAS PAIN PRO १ हजार २ सय ७० ट्याब्लेट गरी जम्मा २ हजार ५ सय ४० ट्याब्लेट बरामद गरेको हो। प्रहरीले उक्त ट्याब्लेटसहित चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याएको जनाएको छ। पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका–७ घर भई हाल फिदिम नगरपालिका–१ बस्ने एक जना, फिदिम नगरपालिका
धरान/ धरान खेलकुद मञ्चले आयोजना गरेको तेस्रो धरान स्पोर्टस् अवार्डमा पत्रकारिता र खेलकुदतर्फ कोशीपत्रका कार्यकारी सम्पादक गोविन्द बस्नेत र कराते खेलाडी निगम तिम्सिना सम्मान तथा अवार्डबाट पुरस्कृत भएका छन्। शुक्रबार धरानमा आयोजित कार्यक्रममा खेलकुद क्षेत्रमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक तथा अग्रजलाई नगदसहित अवार्ड तथा सम्मान प्रदान गरिएको हो। कार्यक्रममा कोशीपत्रका कार्यकारी सम्पादक गोविन्द बस्नेतलाई खेलकुद पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार सम्मान प्रदान गरिएको छ। उनले नगद १० हजार रुपैयाँसहित सम्मान प्राप्त गरे। त्यस्तै, पब्लिक च्वाइस अवार्डमा करा
धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ जनता चोकस्थित पूर्व–पश्चिम राजमार्गको सडक किनारमा गम्भीर घाइते अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार असोज १४ गते राति करिब ११ः५० बजे अन्दाजी ३०–३५ वर्ष उमेरका देखिने पुरुषलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव हाल जिल्ला अस्पताल इनरुवाको शवगृहमा सुरक्षित राखिएको छ। तर, हालसम्म पनि मृतकका आफन्त वा पहिचान गर्ने व्यक्ति सम्पर्कमा आएका छैनन्। प्रहरीले मृतकको फोटोका आधारमा पहिचा
इनरुवा/ सुनसरीको सीमावर्ती कोशी गाउँपालिका क्षेत्रबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बिहीबार साँझ कोशी गाउँपालिका–१, लौकही भन्सार गेटबाट लागुऔषधसहित दुई जना र भोक्राहा नरसिंह गाउँपालिका–६, ईस्राइल कामतस्थित चेकपोस्टबाट एक जना पक्राउ परेका हुन् । लौकहीस्थित सशस्त्र प्रहरी बल, नेपाल (बीओपी) लौकहीबाट खटिएको चेकपोस्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०५३ प ४६९६ नम्बरको बजाज कम्पनीको २०० सीसीको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो । शंकास्पद लागेर चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध फेला परेपछि कोशी गाउँपालिका&
धरान/ सुनसरीको बर्जु गाउँपालिका–२ मा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीले सुमो गाडीभित्र लुकाएर लैजाँदै गरेको ५६४ किलो गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार बुधबार राति करिब ११ः४० बजे विराटनगर–बेलाहा सडकखण्डमा इलाका प्रहरी कार्यालय सितागञ्ज, प्रहरी चौकी अमडुवा र बीओपी अमडुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको बा १२ च १७३८ नम्बरको सुमो रोकेर चेकजाँच गर्ने क्रममा चालक गाडी छाडेर फरार भएका थिए। त्यसपछि प्रहरीले गाडी चेकजाँच गर्दा गाँजा ५६४ किलो पदार्थ फेला पारेको हो। गाडी र बरामद पदार्थ नियन्त्रणमा लिएर इलाका प्रहरी
धरान/ धरानमा लागूऔषध ट्रामोलसहित एक जना पक्राउ परेका छन्। सुनसरीको धरान उपमहानगरपालिका–१६ मुस्कानचोकबाट ३५ वर्षीय निकेश तामाङलाई लागूऔषध ट्रामोलसहित प्रहरीले पक्राउ गरेको हो। मगलबार राति करिब १०ः३० बजे अस्थायी प्रहरी पोष्ट जोर सखुवाबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका तामाङलाई शंका लागेर चेकजाँच गरेको थियो। त्यस क्रममा उनको साथबाट ट्रामोल–१०० का १०० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित नियन्त्रणमा लिइएका तामाङलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धरान/ धरान–१७ को रेल्वे क्षेत्रमा बिरामी अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार असोज ३ गते साँझ करिब ७ः३० बजे रेल्वे क्षेत्रमा मागी खाई डुल्दै आएका ती पुरुषलाई धरान उपमहानगरपालिकाको नगर प्रहरी टोलीले बिरामी अवस्थामा फेला पारेको थियो। नगर प्रहरीले उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पुर्याएको थियो। प्रतिष्ठानमा उपचाररत उनको असोज ४ गते दिउँसो ३ः३३ बजे मृत्यु भएको अस्पतालमा खटिएका प्रहरीले इलाका प्रहरी कार्यालय धरानलाई जानकारी गराएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक बिनालाल साह तेलीको कमाण
धरान/ धरान–१७ स्थित श्री माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित ‘एलिट एक्स बाझोगरा प्रथम खुला पुरुष बास्केटबल प्रतियोगिता’को उपाधि केभीसी हाउन्ड्सले जितेको छ। असोज ९ गते शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल तथा समापन मंगलबार सम्पन्न भएको हो। फाइनलमा झुनास एक्स होराइजनलाई १०३–७८ अंकले पराजित गर्दै केभीसी हाउन्ड्सले उपाधि जितेको आयोजक डेनिस सुब्बाले जानकारी दिए। सुब्बाका अनुसार प्रतियोगितामा विराटनगर, इटहरी, काठमाडौं, बेलबारीलगायतका स्थानका टिमसँगै धरानका ७ टिम गरी ११ टिमको सहभागिता रहेको थियो। उपाधि विजेता केभीसी हाउन्ड्सले ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त