स्वास्थ्य

    Showing २,५६१-२,५७० of २,६२७ items.
  • नेपालमा कोरोनाका कारण दोस्रो व्यक्तिको मृत्यु, मृतक बाँकेको क्वारेन्टाइनमा बसेका थिए

    काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप अर्का एक संक्रमितको मृत्यु भएको छ । यो सगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या २ पुगेको छ । बाँकेको क्वारेन्टाइनमा रहेका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके नरैनापुर(५ का २५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको जनाएको छ । यस बारे थप विवरण आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस बिर्फङमा जानकारी दिए ।संक्रमितको आइतबार बिहान मृत्यु भएको थियो । उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो । उनी वैशाख ३० गते भारतबाट नेपाल आएका थिए।  

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • १,१७२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा कोरोना बाट एक मृत्यु , संक्रमित संख्या २९१ पुग्यो

    नेपालमा पहिलो पल्ट कोरोना भाइरसको संक्रमणबाट एक जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको कोरोना भाइरसको संक्रमण बाट मृत्यु भएको पुष्टि गरेको हो । ९ दिन अघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलीभर भएर घर फर्किएकी उनलाई ज्वरो , खोकी र स्वास प्रश्वासमा समस्या आएपछि स्थानिय अस्पतालमा उपचार गराइरहेकी थिइन । स्वास्थ्यमा थप जटिलता आएपछि उनलाइ धुलिखेल अस्पताल ल्याएको थियो । धुलीखेल अस्पताल आइपुग्दा डक्टरले उनको मृत्यु भइसकेको बताएका थियो । कोरोना सग मिल्ने लक्षण भएकाले उनको आरडिट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि थप परीक

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • ७९९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनुषामा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २८१ पुग्यो

    नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेका छन्।  शनिबार नै कोरोनाको संक्रमणबाट सिन्धुपाल्चोको बाह्रविसेकी २९ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको छ। योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या २८१ पुगेको छ।   

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • ८५७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाकै कारण मृत्यु भएको नेपालमा पहिलो घटना

    काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला, वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको थियो र उहाँको २४ गते डेलिभरी भएको, उहाँ अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर जानुभएको थियो, उहाँलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उप

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • १,१८२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बस्ती नजिक क्वारेन्टाइन भएपछि विरोध

    भारतबाट नेपाल भित्रने संभावित मानिसलाई राख्ने तयार गर्न लागिएको क्वारेन्टाइनस्थल बस्तीबाट टाढा राख्न भन्दै विराटनगर १३ बासिन्दाले संघर्षमा उत्रिएका छन् । विराटनगर महानगरपालिकालाई पत्राचार गरी विराटनगर १३ कोशी प्रोजेक्ट क्षेत्रका बासिन्दा विरोधमा उत्रिएका हुन । महानगरसंगको समन्वयमा प्रदेश १ सरकारले स्थानीय डिएभी स्कुलमा क्वारेन्टाइन स्थल बनाउने तयारी गरेको हो । तर, स्थानीयले भने अवरोध र विरोध गरेका छन् । स्थानीय टोलबारीले विराटनगर महानगरपालिकाको नाममा पठाएको ज्ञापन पत्रमा बसोबास स्थलबाट टाढा क्वारेन्टाइनको व्यवस्थापन गर्न भनिएको छ । संभावित संक्रमितलाई बस्तीमाझमा रहेको स्थानको क्वारेन्टाइनमा र

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • १,५७३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १२ हजार १ सय ९७ जनामा कोरोना परीक्षण

     प्रदेश १ मा १२ हजार १ सय ९७ जनामा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पिसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ । आरडीटीबाट गरिएको परीक्षणमा ९ हजार १ सय ६१ जनाको रिर्पोट नेगेटिभ आएको छ । यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार ७ सय २० जनाको रिर्पोट नेगेटिभ आएको छ । परीक्षणबाट कोरोना संक्रमण देखिएका ३६ जनामध्ये विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारपछि ठिक भई १७ जना डिस्चार्ज भइसकेका छन् । अब १९ जना उपचारमा अस्पतालमै छन् । यता, प्रदेश सरकारले निर्माण गरेक

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • ७३८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरका सोह्र जना पत्रकारको कोरोना परीक्षण गर्न स्वाब संकलन

    विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्रालयकाले विराटनगरका सोह्र जना पत्रकारहरुमा कोरोना भए नभएको परीक्षण गर्न स्वाब संकलन गरिदिएको छ । विराटनगरमा शनिवार नेपाल पत्रकार महासंघ शाखाको परिसरमा प्रदेश सरकारका तर्फबाट खटिएका स्वास्थ्यकर्मीले स्वाब संकलन गरेका हुन । महासंघका जिल्ला शाखाका सचिव अर्जुुन आचार्यले कोशी कोभिड अस्पतालसम्म पुगेर रिर्पोटिङ गरेका र कोरोना फैलिएको उदयपुरको भुल्केस्थित संक्रमित क्षेत्रसम्म गएका पत्रकारहरुको स्वाब संकलन गरिएको बताए । पहिलो चरणमा परीक्षण गरिएका पत्रकारहरुको रिर्पोट आएपछि दोस्रो चरणमा थप पत्रकारहरुको पनि कोरोना परीक्षण गरिदिने प्रदेश सरकारले आश्वासन दिएको आचा

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • ७५५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २७८ पुग्यो

    काठमाडौं- नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सगै नेपालमा संक्रमित को संख्या २७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी र काभ्रेका १-१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षका पुरुष र काभ्रेका २६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । हालसम्म ३६ जना संक्रमित उपचारपछि निको भइसकेका छन्।

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • ९१२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो

    काठमाडौं/नेपालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमति संख्या २७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया, सिराह, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार बर्दिया नार्खु ११ की २८ वर्षीय महिला, सिराहा सखुवा १९ का ३० वर्षीय पुरुष, पर्सा वीरगञ्जका २९ वर्षीय पुरुष, सर्लाही रामनगरका १८ वर्षीय महिला, चितवन गढौली १ की २५ वर्षीय महिलामा कोरोना देखिएको हो।  

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • ९५५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी बाट भक्तपुर गएकी कोरोना संक्रमित युवतीको सम्पर्कमा आएका मध्ये १८को रिपोर्ट नेगेटिभ १ को पुन परीक्षण गरिने

    धरान / सुनसरीको रामधुनी नगरपालिकाबाट भक्तपुर पुगेकी कोरोना संक्रमित युवतीको सम्पर्कमा आएकाहरु मध्ये १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ। संक्रमितको सम्पर्कमा आएका १९ जनाको थ्रोट स्वाव संकलन गरि परीक्षणका कोशी अस्पताल कोभिड १९ उपचार केन्द« बिराटनगर पठाइएको थियो । १९ जना मध्ये १८ जनाको रिपोर्ट नेगेटिभ आएको र १ जनाको पुन परीक्षणको लागि रिस्याम्पलीड गर्नु पर्ने भएको हो । एक जनाको भोली पुनस् थोट स्वाव लई परिक्षणकोलागि पठाइने भएको छ ।

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • २,०९४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved