शिक्षा

    Showing 811-820 of 1,265 items.
  • नीजि छाडेर सामूदायिकमा विद्यार्थीको आकर्षण

    सुनसरी / इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाईं हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको छ । नीजि विद्यालयका विद्यार्थी सामूदायिकमा आकर्षित भएका छन् । पछिल्ला वर्ष राष्ट्रिय माध्यमिक विद्यालयले लोभलाग्दो प्रगति हासिल गर्दो छ । राष्ट्रिय माध्यमिक विद्यालयमा बर्सेनि निजी विद्यालय छाडेर विद्यार्थी भर्ना हुन आउने गर्छन् । यस वर्ष त विद्यालयमा भर्ना हुन विद्यार्थीको चाप थामि नसक्ने गरि भएको छ। विद्यालयका लागि नयाँ भर्ना बालविकासदेखि कक्षा ९ सम्म १२४ जनाको कोटा तोकेको छ । त्यसको चार गुण बढी ४५३ जनाले सोमबार प्रवेश परीक्षा दिएका छन् । वि

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 503 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार

    धरान / शिक्षा स्थानीय तह मातहतमा आइसकेपछि यसको सुधारका लागि स्थानीय तहहरुले विभिन्न खालका कामहरु अगाडि बढाउन थालेका छन् । विद्यालयको शैक्षिक गुणस्तर के कस्तो छ भन्ने विषयमा स्थानीय सरकार मातहतको वडा कार्यालयलेहरुले अनुगमन गर्ने गरेका छन् । पछिल्लो समय धरान उपमहानगरपालिका वडा नं. १६ ले पनि आफ्नो वडामा रहेका सामुदायिक विद्यालयको अनुगमन गरेको छ ।वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै अभिभावकहरुलाई सामुदायिक विद्यालयमै पढाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न १६ नं. वडा समितिले सम्बन्धित पक्षसँग मिलेर अनुगमन गरेको हो । स्थानीय तह मातहतमा शैक्षिक संस्थाहरु आएपछि सामुदायिक वि

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 425 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्स आइडलको उपाधि सुपल र पुष्पालाई

    धरान । एम्स एकेडेमीले शनिबार आयोजना गरेको ‘एम्स आइडल’ को छैठौँ संस्करणमा गायनतर्पm सुपिल उदास र नृत्यतर्फ पुष्पा विश्वकर्माले उपाधि हात पारेका छन् । एम्स एकेडेमीमा अध्ययनरत् विद्यार्थीहरूबीच हरेक वर्ष गराइने सो प्रतियोगितामा गायनतर्फ दोस्रो प्रनोज राई भएका छन् भने प्रतीक्षा शाक्य तेस्रो हुन सफल भएकी छन् । यसैगरी, नृत्यतर्फदोस्रो र तेस्रो क्रमशः अनिषा मगर र सुवज्ञा बस्नेत भएका छन् । सोही कार्यक्रमको अवसरमा आइडलका विजेताहरूलाई ट्रफी प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि हिसानका केन्द्रीय सदस्य मुकुन्द घिमिरे, हिसानकै सुनसरी अध्यक्ष सागर भट्टराई, एम्स प्रालिका अध्यक्ष प्रकाश

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 699 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खुशीमान र मेलिना भए मेघाका मिस्टर एन्ड मिस फेयरवेल

    धरान । मेघा हिमालयन कलेजले शनिबार आयोजना गरेको ‘मिस्टर एन्ड मिस फेयरवेल’ को उपाधि खुशीमान माझी र मेलिना राईले हात पारेका छन् । उनीहरूको छनोट ‘मिस स्टेट २०२१’ श्वेता भुजेलले गरेकी थिइन् । उनी पनि मेघाकै विद्यार्थी हुन् । कक्षा १२ का विद्यार्थीहरूको विदाइका लागि कक्षा ११ का विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा ‘मिस्टर एन्ड मिस फेयरवेल’ प्रतियोगितालाई पनि जोडिएको थियो । सो प्रतियोगितामा विदाइ भएर जान लागेका कक्षा १२ का विद्यार्थीहरूले भाग लिएका थिए । मेघाले यस्तो प्रतियोगिता यसै वर्ष शुरु गरेको हो । अब हरेक वर्ष यसलाई निरन्तरता दिइने मेघाका एकेडेमिक डाइरेक

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 1,599 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शहिद स्मृतिमा कम्प्युटर इन्जिनियरीङ पढाइ

    धरान /धरान–८ शहिद स्मृति माध्यामिक विद्यालयले यस वर्षदेखि कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा संचालनको लागि स्विकृति प्राप्त गरेको छ ।शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सोमवार स्विकृत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिएका छन् । केही दिन अघि वसेको मन्त्री स्तरीय वैठकले स्कुललाई स्विकृति दिने निर्णय गरेको थियो । शिक्षा मन्त्री अशोक कुमार राईले पनि सो कार्यक्रमका लागि विशेष चासो देखाउदै आउनु भएको थियो । कार्यक्रम स्विकृतिका लागि गणेश राईले विशेष पहल गर्दै आउनु भएको थियो ।प्रधानाध्यापक विष्टका अनुसार यसै शैक्षिक सत्रबाट कक्षा

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 436 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जीवन र जीवनी कृतिको लोकार्पण

    धरान / प्रतिमा खतिवडा निरौलाले सम्पादन गरेको कृति ‘जीवन र जीवनी’ शनिबार यहाँ लोकार्पण गरिएको छ। पूर्वप्रदेश प्रमुख प्राडा गोविन्द तुम्बाहाङ,वरिष्ठ समालोचक दधिराम सुवेदी, प्राडा गोपाल भण्डारी,अग्रज कवि बम देवानलगायतले कृति लोकार्पण गरेका थिए । सो कृतिमा भाषा–साहित्य, शिक्षा तथा समाजका अन्य क्षेत्रमा लामो समय बिताएका ३० जना अग्रजहरूको आत्मवृत्तान्त सङ्कलित छन्। आत्मसंस्मरणात्मक रचनाहरूमा सम्बन्धित व्यक्तित्वहरूले आफना  बाल्यकालीन,भोगाइ, सङ्घर्ष र अनुभवहरू  आफैले  प्रस्तुत गरेका छन् । डा रमेश घिमिरे उपप्राध्यापक राजेश विद्रोही र रामप्रसाद खरेलले पुस्तक

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 508 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शहिद स्मृतिमा कम्प्युटर इन्जिनियरीङ पढाइ

    धरान / धरान–८ शहिद स्मृति माध्यामिक विद्यालयले यस वर्षदेखि कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा संचालनको लागि स्विकृति प्राप्त गरेको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सोमवार स्विकृत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिएका छन् ।केही दिन अघि वसेको मन्त्री स्तरीय वैठकले स्कुललाई स्विकृति दिने निर्णय गरेको थियो । शिक्षा मन्त्री अशोक कुमार राईले पनि सो कार्यक्रमका लागि विशेष चासो देखाउदै आउनु भएको थियो । कार्यक्रम स्विकृतिका लागि गणेश राईले विशेष पहल गर्दै आउनु भएको थियो ।प्रधानाध्यापक विष्टका अनुसार यसै शैक्षिक सत्रबाट

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 547 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वार्षिक उत्सवमा कक्षा १२ लाई विदाई

    धरान / धरान माध्यामिक विद्यालय (धरान उच्च) को २४ औं वार्षिक उत्सव कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएको छ ।धरान कलेज अफ मेनेजमेन्टको प्राङगणमा भएको कार्यक्रमा कक्षा ११ र १२ को आन्तरीक परिक्षा र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयका अध्यक्ष शिव नारायण साह, विरेन्द्र मेमोरियल कलेजका प्रिन्सिपल तारा वहादुर निरौला, सहयाक प्रिन्सिपल सुरेश घिमिरे, विज्ञान संकायका इन्चार्ज सुनिल भगत, कलेजका संचालक डा. गोविन्द तुम्वाहाङ, चन्द्र बहादुर फोम्वो लगायतले विद्यार्थीहरुलाई मेडल र प्रमाण– पत्र वितरण गरेका थिए । उच्चले गुुणस्त

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 620 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मानवसेवा आश्रमलाई रकम प्रदान

    मोरङ । विश्व हिन्दू परिषद नेपाल, मोरङ शाखाले मानव सेवा आश्रम विराटनगर–२ लाई १६्र हजार २ सय नगद प्रदान गरेको छ । परिषद मोरङ शाखाकी सभापति शोभा पोखरेलले सो रकम आश्रमकी संयोजक गंगा थापालाई हस्तारण गरेकी हुन् । सो कार्यक्रममा परिषदका कोषाध्यक्ष माधव काफ्ले, उर्मिला सुवेदी, बालकृष्ण भट्टराई, भूषण कोइराला, सरिता रेग्मी, सलिना कोइरालाको समेत उपस्थिति थियो । तीन वर्ष अघि स्थापित सो आश्रमलाई स्थानीयको सहयोग र मायाले नै यो अवस्थामा आइपुगेको संयोजक थापाले बताइन् । परिषदकी सदस्य सरिता रेग्मीले मानव सेवा आश्रमलाई रकम प्रदान गर्दा सही काम गरेको अनुभूति भइ आफूलाई भित्रैबाट आनन्द मिल्ने गरेको बताइन् ।

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 543 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सेनिटरी प्याड बनाउने तालिम

    इटहरी / शेयर सदस्यरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ३६ जना शेयर सदस्यलाई सेटिटरी प्याड बनाउने तालिम दिएको छ । संस्थाका सदस्यलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको कार्यक्रमकोसंस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले बताए । उनले भने–‘शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन हामीले सेनिटरी प्याड बनाउने तालिम दिएका हौं, यो उनीहरुका लागि भविष्यमा व्यवहारिक तालिम हुनसक्छ ।’ लियो क्लवकी अन्जली घिमिरे लगायत ४ जना प्रशिक्षणमा सहभागीहरुलाई सहजीकरण गरेका थिए । प्रशिक्षक अन्जली घिमिरेले सेनिटरी प्याड बनाउने तालि

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 738 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved