काठमाडौं - लकडाउनसँगै रोकिएको पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने बारेमा प्रदेश ५ सरकार अन्योलमै रहेको छ । संसारले भोगेको वर्तमान संकटको अवस्थामा के कस्ता विकल्पमा जान सकिन्छ भन्ने बारेमा छलफल जारी रहे पनि निर्क्र्यौल ननिस्केको प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताएका छन् । जोखिमको अवस्था विश्लेषण गरेर निश्चित क्षेत्र बन्द गरी पठनपाठन शुरु गर्ने की भन्ने विकल्पमा पनि छलफल केन्द्रित रहेको उनको भनाई छ । कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न सरकारले लकडाउन गरेसँगै पठनपाठन सञ्चालन गर्नेबारे प्रदेश सरकारले गरेको तयारीका सम्बन्धमा शिक्षा पत्रकार समूहले गरेको