वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गर्ने र लार्भा नष्ट सम्बन्धी सरोकारवालाहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । संभावित डेङगु रोग संक्रामलाई न्युनिकरणकालागि बिहिवार नगरपालिकाले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गर्ने र लार्भा नष्ट सम्बन्धी सरोकारवालाहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । गएको वर्षहरुको तथ्याङ्का आधारमा डेङगु रोगको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले सरोकारवालाहरुलाई सहभागिता गराएर डेङ्गु सार्ने लामखुट्टेको बास स्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी सरोकारवालाहरुलाई अभिमुखीकरण का
इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्षेत्रमा विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा लागू औषधसहित एक युवक पक्राउ परेका छन्। मिति २०८२ साल असार १९ गते दिउँसो १२:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई रोकी जाँच गर्दा लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हो। पक्राउ परेका व्यक्ति सुनसरीको इटहरी उपमहानगरपालिका–२ निवासी २३ वर्षीय सिशिर भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले उनको मलद्वारमा च्यापी ल्याएको अवस्थाम
धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा मनाइरहँदा धार्मिक स्थलहरुमा धार्मिक पर्यटकको आगमनमा पनि बाक्लिदै गएको छ । धर्मप्रति प्रगााढ आस्था भएकै कारण कोशी प्रदेशमा रहेका विभिन्न मठ मन्दिरमा नेपाल लगायत भारतका सर्वसाधारणहरु समेत दर्शन गर्न थालेका हुन् । कोशी प्रदेशका विभिन्न स्थानमा रहेका मठमन्दिरको दर्शनको प्याकेज नै बनाएर आउने आन्तरिक तथा धार्मिक पर्यटकको पहिलो तीर्थस्थल धर्तीकै पहिलो धाम भनिएर चिनिएको सुनसरीको बराहक्षेत्र नगरपालकामा रहे बराहक्षेत्र मन्दिर रहने गरेको छ । धरानको विजयपुरमा रहेका मठमन्दिरसँगै खोटाङको हलेसी, ताप्लेज्ुङको पाथीभरा पुग्ने गर्दछन् । तर बराहक्षेत्रको दर्
धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित सुनाखरी एकेडेमी उत्कृष्ट शैक्षिक सेवा प्रदान गर्ने शिक्षालयको रूपमा परिचित हुँदै गएको छ । गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, तथा विद्यार्थी केन्द्रित सिकाइ पद्धतिका कारण सुनाखरी एकेडेमीले छोटो समयमा अभिभावक र विद्यार्थीको विश्वास जित्न सफल भएको छ। यस एकेडेमीमा बालकक्षादेखि कक्षा १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन् । अनुभवी शिक्षक टोली, प्रविधिमैत्री कक्षा कोठा, नियमित परिक्षा प्रणाली, र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वांगीण विकासमा ध्यान केन्द्रित गरिएको छ । विद्यालयले स्थानीय समुदायसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन
धरान/ नेपाल तरुण दल, सुनसरी क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले ‘मिस्टर तरुण बडिबिल्डिङ च्याम्पियनसिप २०८२’ आयोजना गर्ने भएको छ। ‘राष्ट्र निर्माणमा तरुणहरूको योगदान’ भन्ने मूल नाराका साथ आउँदो भदौ २७ र २८ गते धरान–१५ स्थित सदन स्कुलमा उक्त प्रतियोगिता आयोजना गरिने भएको हो। प्रतियोगिता सम्बन्धमा जानकारी दिन बुधबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। कार्यक्रममा आयोजकले उक्त प्रतियोगिता नेपाल तरुण दलको पहिलो बैठकको निर्णय अनुसार युवाको क्षमता अभिवृद्धि तथा खेलकुद क्षेत्रलाई व्यावसायिकता दिने उद्देश्यसहित आयोजना गर्न लागिएको जानकारी दिए। यसअघि &l
धरान/धरान–१२ मा अवस्थित प्राइम भिजन अन्तर्राष्ट्रिय होस्पिटालिटी म्यानेजमेन्ट कलेजले “नेपालका शीर्ष १० होटल व्यवस्थापन कलेज” को सूचीमा स्थान सुरक्षित गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति मजबुत बनाएको छ। भारतको बेंगलोरमा आधारित एशियन एजुकेशन रिभ्यूले हालै सार्वजनिक गरेको सर्वेक्षणमा नेपालभरका दर्जनौँ कलेजहरूमध्येबाट उत्कृष्ट १० मा परेका कलेजहरूमध्ये प्राइम भिजन पनि सूचीकृत भएको हो। शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, उद्योगसँगको समन्वय, अभ्यासमुखी तालिम तथा विद्यार्थी विकास कार्यक्रमको मूल्याङ्कनका आधारमा गरिएको छनोट प्रक्रियामा प्राइम भिजनले उल्लेखनीय प्रदर्शन गरेको छ।
धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लगाइएको प्रतिबन्ध र पार्टी सभापति रवि लामिछानेविरुद्ध देखिएको राजनीतिक प्रतिशोधको विरोधमा धरानमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ। रास्वपा धरान उपमहानगर समितिको आयोजनामा मङ्गलबार दिउँसो ४ बजेदेखि धरान स्थित भानुचोकमा ‘हस्ताक्षर अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ अभियानको सुरुआत गरिएको हो। अभियानको नेतृत्व धरान उपमहानगर समितिका संयोजक राम कार्कीले गरेका थिए। कार्यक्रममा सहभागीहरूले हस्ताक्षरमार्फत वर्तमान सत्ता संरचनाको विरोध जनाउँदै रास्वपाको पक्षमा ऐक्यबद्धता प्रकट गरेका थिए। संयोजक कार्कीले वर्तमान सत्ताले नागरिक
धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थानीय सरकारले प्राय:जनताको मनभावना बुझेर काम गरेको पाइदैन । वडाबाट पाउने सुविधा, वडामा आउने बजेट, टोल विकास समितिले गर्ने काम लगायतका समस्याहरुलाई सुल्झाउन भएपनि वडा भेला आवश्यक हुन्छ । अन्य वडाले आकलझुकलमा यस्ता भेला गर्ने गरे पनि धरान उपमहानगरपालका वडा नं. ११ ले भने समय समयमा आफ्नो वडामा रहेका टोल विकास समितिका प्रतिनिधि तथा सर्वसाधारणलाई भेला गरेर समस्या बुझ्ने गरेको छ । धरान उपमहानगरपालिकाको ११ नं. वडामा ३३ वटा टोल विकास समिति रहेका छन् । वडा भेलामा सहभागी भएका टिएलकोका प्रतिनिधिहरुले सबै वडामा भएका समस्या, विकासका कामहरु गर्न नसके प
इनरुवा/ ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्धामा २४ वर्ष ८ महिना १५ दिनको कैद सजाय तोकिएका फरार अभियुक्त पप्पु यादव पक्राउ परेका छन्। जिल्ला अदालत सुनसरीको २०८१ भदौ २५ गतेको फैसलाअनुसार सजाय तोकिएका यादव लामो समयदेखि फरार थिए। जिल्ला सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ निवासी त्रिभुवन यादवका २५ वर्षीय छोरा पप्पु सिंह भन्ने पप्पु यादवलाई प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। प्रहरीका अनुसार २०८२ असार १७ गते इनरुवा नगरपालिका–३ मा हिँडिरहेको अवस्थामा फेला परेका यादवलाई जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई सुनसरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
धरान/ धरानको युएन कलेज नवोदय कोशी धरानमा गुणस्तरीय शिक्षा खोज्ने विद्यार्थीको लागि उपयुक्त गन्तव्य हो। स्कुल र कलेज दुवै एकै स्थानमा सन्चालन भएको:शैक्षिक संस्था हो । जसले गर्दा कक्षा १० को पढाई सकेर पनि अन्यत्र धाउनु पर्दैन । त्यही कलेजमा उच्च शिक्षा हासिल गर्न सहज हुन्छ । धरान १२ मा रहेको छ । यो कलेज कोशी प्रदेशको शैक्षिक केन्द्रको रूपमा परिचित स्थापित र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा पहिचान बनाएको छ । आधुनिक शिक्षण प्रणाली, अनुभवी शिक्षक टिम, अनुशासित वातावरण र विद्यार्थी केन्द्रित नीतिका कारण यो कलेज विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्न थालेको छ। विज्ञान, व्यवस्थापन, शिक्षा र म